स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान

काठमाडौं,  ४  असार ।  काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजार स्थित हाेटल हार्दिककाे सद्भाव हलमा नेपाल शारिरीक सुगठन संघका पूर्वअध्यक्ष  रमेशनाथ खनालकाे प्रमुख आतिथ्यतामा हिमालय जिम सेन्टर तथा अक्सफोर्ड जिम एण्ड फिटनेस सेन्टरद्वारा  रक्तदान एवं सम्मान कार्यक्रमकाे अायाेजना गरियाे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई अक्सफोर्ड जिम एण्ड फिटनेश सेन्टरका सञ्चालिका निर्मलादेवी श्रेष्ठद्वारा खादा पहराईनुका साथै प्रमुख अतिथिबाट सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको साे कार्यक्रममा अन्तर्राष्ट्रिय शारीरिक सुगठनका निर्णाय एवं जिम प्रशिक्षक श्री उदय बहादुर श्रेष्ठलाई उत्कृष्ट बिशेष अवार्ड एवं सम्मान-पत्र प्रदान  गरि सम्मान गरिएको छ ।
यसै सिलसिलामा १६अाैं धर्मश्री शारीरिक सुगठन वमेन्स फिजिक प्रतियोगितामा रजत पदक बिजयता सुश्री लूना श्रेष्ठलाई पनि अवार्ड एवं सम्मान-पत्र प्रदान गर्दै सम्मान ब्यक्त गरिएकाे थियो । हिमालय जिम सेन्टरका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा सञ्चालित साे कार्यक्रममा हालै निर्वाचित काठमाडौं महानगरपालिका वडा नम्बर २८ का जनप्रतिनिधिलाई अक्सफोर्ड जिम एण्ड फिटनेश सेन्टरद्वारा बधाई एवं शुभकामना टक्राएकाे कार्यक्रमकाे सञ्चालन नरेश मल्लले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published.