स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन

काठमाडौँ, १६ जेठ ।  आँबुखैरेनी गाउँपालिका – ३,तनहुँमा आयाेजित एक बिशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएकाे छ ।
सर्वाधिक १७०अाैं पटक रक्तदान गरिसक्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यहालै निर्वाचित आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश के. सी.द्वारा साेमबार अभिनन्दन-पत्र प्रदान गर्नुका साथै स्थानीय राजाराम मेडिकल हलका सञ्चालक डा. राजाराम श्रेष्ठले दाेसल्ला ओढाएर सम्मान गर्दै अभिनन्दन गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय लब्ध प्रतिस्थित ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published.