शतक रक्तदाता  कर्माचार्य काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार

काठमाडौँ, २२ वैशाख । रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।  वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कर्माचार्यले ‘नेपाल उन्नत पार्टी’का तर्फबाट महानगरको मेयर पदमा उम्मेद्वारी दिएका हुन् ।  विगत लामो समयदेखि समाज सेवामा सक्रिय तथा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गरेर रेकर्ड बनाएका शतक रक्तदाता  कर्माचार्यले महानगरवासीलाई देश र जनताको रगत चुस्नेलाई भन्दा आवश्यक पर्दा रगत दिनेलाई मतदान गर्न अनुरोध गरेका छन ।

रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका ५७ वर्षीय कर्माचार्यले हालसम्म १६९ पटक रक्तदान गरेका छन् । त्यसैले पनि उनी महानगरवासीका लागि परिचित छन् । रगत अभावले मृत्युको मुखमा अस्पतालमा छट्पटाउँदै गर्दा कर्माचार्यले रगत व्यवस्थापन गरी धेरैको ज्यान जोगाएका छन् ।  कर्माचार्यले  ब्लड बैंकमा समेत रगत अभाव हुँदा उनले व्यवस्थापन गरिदिन्छन् । आपतकालीन अवस्थामा कामठमाडौंका ठूला अस्पतालका डाक्टरहरुले रगतको खाँचो पर्दा सम्झने नाम प्रेमसागर हो ।

रगत कतै व्यवस्थापन हुन नसकेपछि अन्तिममा कर्माचार्यसँग धैरै मानिस ठोकिन्छन् । यसरी उनले हजारौंको सेवा गरेका छन् । सरल, शान्त र दयालु स्वभावका कर्माचार्य रगत व्यवस्थापनका लागि चौबीसै घण्टा खट्दै आएका व्यक्ति हुन् ।

रगत व्यवस्थापन, रक्तदान कार्यक्रममा व्यस्त देखिने कर्माचार्य यति बेला चुनावी प्रचारमा व्यस्त छन् । महानगरवासीलाई निःशुल्क बत्ती, पानी, स्वास्थ्य र शिक्षा दिने उनका महत्त्वकांक्षी योजना हुन् । साथै, भूमिहीनलाई आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । महानगरवासीले देश र जनताको रगत चुस्नेलाई भन्दा आवश्यक पर्दा रगत दिनेलाई मतदान गरी आफूलाई विजयी गराउनेमा कर्माचार्य आशावादी छन् ।

के–के छन् अजेण्डा

स्थानीय सरकार स्थानीय रोजगार, महानगरीय यातायातको व्यवस्थापन, फोहोर व्यवस्थापनजस्ता विषयलाई उनले आफ्नो ‘समाधानपत्र’मा समेटेका छन्। आफू मेयरमा निर्वाचित भएर आएपछि त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

आगलागी नियन्त्रणका लागि भित्री शहरमा पाइप लाईन विस्तार गर्ने, निशुल्क एम्बुलेन्सको व्यवस्था, अनलाइन बैठक गर्ने, डिजिटल प्रशासन बनाउने, सांस्कृतिक शहर निर्माण गर्ने उनको समाधानपत्रमा उल्लेख छ। त्यस्तै व्यक्तिगत घटना दर्ताका आवश्यक कागजात घरमै पु¥याउने, सुकम्बासी समस्या समाधान गर्ने, निःशुल्क सार्वजनिक शौचालय, सार्वजनिक स्थलमा निःशुल्क खानेपानी, ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रको स्थापना, दीर्घरोगीलाई घरघरमा स्वास्थ परीक्षणजस्ता अजेण्डालाई उनले समाधानपत्रमा राखेका छन्।

उनले महानगरवासीलाई आवश्यक पर्दा रगत र रक्ततत्वहरू निःशुल्क प्रदान गर्ने घोषणा पनि गरेका छन्। युवालाई रोजगारीको अवसर प्रदान गर्ने, पार्किङस्थलको व्यवस्थापन गर्ने, रञ्जना लिपिलाई सार्वजनिक प्रयोगमा ल्याउने योजना पनि उनले अघि सारेका छन्।

Leave a Reply

Your email address will not be published.