नयाँ विश्व वरियता ओडिआई र टि२० आई दुबैमा नेपाल खस्कियो

काठमाडौं, २२ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । जसले गर्दा सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । टि२० वरियता खस्किदा नेपाललाई धक्का लागेको छ । नेपाललाई अव वरियता बढाउनु पर्ने दबाब रहनेछ ।
आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझैं विश्वकप खेल्नेछन् । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।
टि२० वरियता खस्किदा नेपाललाई भने केहि धक्का लागेको छ । नेपाल वरियताको आधारमा सिधै विश्वकपमा छनोट नभएमा एसिया क्षेत्रबाट दुई कोटामा पर्नुपर्ने हुन्छ । नेपाल ओडिआईमा एक स्थान खस्किदै १९ औं स्थानमा पुगेको छ । ओडिआई वरियतामा नेपाल भन्दापछि पपुवा न्युगिनी २० औं स्थानमा छ ।
१८ औं स्थानमा अमेरिका उक्लिएको छ । १७ औं स्थानमा नामिबिया, १६ औं स्थानमा ओमान र जिम्बावे १५ औं स्थानमा छ । ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।टि२० आई वरियतामा १२ औं स्थानमा युएई उक्लिएको छ । आयरल्यान्ड १४ औं, स्टकल्यान्ड १५ औं, नामिबिया १६ औं र ओमान १७ औं स्थानमा छन् । टि२० आई विश्व वरियता शीर्षस्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।
यसैगरी, नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले जिम्बावे ए सँगको तेस्रो टि२० सिरिज खेलमा प्रहार गरेको छक्काले टियु मैदानमा रहेको स्कोरर बस्ने झ्यालको सिसा फुटेको छ । नेपालले १ सय ३७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा कुशलले पाँचौं ओभरको अन्तिम बलमा डीप स्क्वायर लेगमा प्रहार गरेको सटले स्कोर बस्ने झ्यालको सिसा फुटेको हो । तीव्र गतिका बलर ब्राड इभान्सले फ्याँलेको लेग साइडको बललाई कुशलले नेपालको इनिङको पहिलो छक्काको रुपमा प्रहार गरेका थिए ।
झ्यालको बाहिरी पट्टीको सिसा फुटेको हुँदा भित्र बसेका स्कोरलाई भने कुनै चोट लागेको थिएन । उक्त कोठा नियमित रुपमा स्कोर बसेपनि यस पटक एन्टि क्रप्शन (एसियु) विर सिंह रहेका थिए । डबल सिसाको कारण चोट लाग्नबाट बच्न सफल भएको इसपिएनक्रिकइन्फोका स्कोर महबुब रेजाले जानकारी दिए ।
जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए ।
कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो । टि२० सिरिज १–१ को बराबरीमा सकिएको थियो । अव तीन एकदिवसिय अभ्यास खेल हुनेछ । नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय अभ्यास खेल शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published.