काठमाडौं, २२ वैशाख । नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित हात पारेको छ । बुधबार टियु मैदानमा भएको खेलमा ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले सानदार जित हात पारेको हो ।योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए ।कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका थिए बसिर अहमद १० रनमा आउट भए । त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए । ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।अव तीन एकदिवसिय अभ्यास खेल हुनेछ । नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय अभ्यास खेल शुक्रबार हुनेछ । एकदिवसिय सिरिजको लागि भने नेपालले फरक टोली घोषणा गरेको छ ।
नेपालको एकदिवसिय टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी रहेका छन ।
जिम्बावे ए को टोलीमा क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा रहेका छन ।
यसैगरी, विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले तथा पुरुषकतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।यस्तै आजै भएको महिलातर्फको अर्को खेलमा सेनाले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ ले पराजित गरेको छ ।
नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक पुगेको छ । सेनाको तीन खेलबाट ६ अंक नै रहेको छ । यस्तै नेपाल एपिएफको ३, एभरेष्टको २ र न्यू डायमण्डको १ अंक रहेको छ ।
न्यू डायमण्डकी स्टार खेलाडी प्रतिभा माली घुडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित छिन् ।
राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफ माथि ३–१ को जित निकालेको छ ।
टिपटपले एपिएफलाई २५–२२, २५–१९ र २८–३० र २५–२३ ले पराजित ग¥यो । पुलिसले यो जित संगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गल्कोटले अंकको खाता खोल्न सकेको छैन ।