युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडौँ, १३ मंसिर । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।
आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै युएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ ।
१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।
बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।
नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
युएई ५ खेलमा १० अङ्कका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।
यसैगरी, नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा उपकप्तान सीता रानामगर आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएकी छिन् । नेपाल तेस्रो स्थानमा रहँदै बाहिरिए पनि सीताले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् ।
सीताले प्रतियोगिताभर ५ खेलमा १ सय रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन् । सीता हङकङसँग ४० रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । तर नेपाल ६ विकेटले पराजित भएको थियो । नेपालले भुटानलाई ८ विकेटले हराउँदा सीताले १७ रन बनाउनुको साथै ३ विकेट लिएकी थिइन् । सीतानै खेलको प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।
कुवेतसँग शून्यमा आउट हुँदा मलेसियाविरुद्ध ३० रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् । नेपालले मलेसियालाई ६ विकेट र कुवेतलाई ८ विकेटले हराएको थियो । मलेसियाविरुद्धनै सीता खेलको प्लेयर अफ द म्याच चुनिएकी थिइन् । अन्तिम खेलमा युएईविरुद्ध १३ रन बनाउनुको साथै १ विकेट लिएकी थिइन् ।
यसैगरी, वाई वाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो ।
कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १२.१ ओभरमा पुरा ग¥यो । सुदूरपश्चिमका कप्तान खडकबहादुर बोहरा ४२ बलमा पाँच चौका र दुई छक्कासहित ४१ रनमा अविजित रहे । नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए । रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।
सुदूरपश्चिमका शेर मल्लले २.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउँदको हातमा १ विकेट प¥यो ।
यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अब मङ्गलबार टियुमा गण्डकीसँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *