चिकंमु त्वा:मा बिशेष रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं , ५ मंसिर । अठार वर्ष पैतालिस किलाे,रक्तदान गर्न नगराैं ढिलाे” र “न बन्छ याे कारखानामा,न बग्छ याे खाेलानालामा” याे सन्देशलाई चाैतर्फि अात्मसाथ गर्दै रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै अाईरहेकाे वर्तमान अवस्था छ । हाल बिश्वभर महामारीको रूपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड-१९ ले हाम्रो देशकाे रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज २०७८ मंसिर ४ गते शनिबारका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा श्री लाखेअाजु जात्रा व्यवस्थापन समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा संयुक्तरूपमा स्थानीय चिकंमु त्वा:मा बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएकाे छ ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर्न/गराउँन गरिएकाे अाह्वानलाई हामीले मात्र हाेईन अाम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरू जाे काेहिकाे पनि प्रमुख दायित्व नै हाे भन्दा फरक नपर्ला” कार्यक्रमका सभापति एवं श्री लाखे अाजु जात्रा व्यवस्थापन समाजका अध्यक्ष लक्षमण रञ्जितले बताउनु भयाे । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितद्वारा संयाेजन गर्नुभएको उक्त बिशेष रक्तदान कार्यक्रममा प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य त्यसैगरी नेपाल रेडक्रस साेसाइटी,स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई श्री लाखे आजु जात्रा व्यवस्थापन समाजद्वारा नेपाल संवत् ११४२ नयाँ वर्षको क्यालेन्डर,याेग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक
,मास्क र डाेनर पीन सम्मान स्वरूप प्रदान गर्नुभएकाे थियोे ।
बिहान १०:०० देखि १:०० बजेसम्म सञ्चालित साे बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५६ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *