माओवादीको कारण मुलुकमा परिवर्तन


काठमाडौँ, ५ मंसिर । नेकपा माओवादी केन्द्रको कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेन शनिबार उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष प्रचण्डले गरेको बताउँदै माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको दावी गरेका छन । जनयुद्ध र जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उनले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पारेका छन ।
मन्त्री शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन ।
जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्रीले भने, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उनले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गरे ।
समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेश गर्दै उनले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गरे । नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *