एमाले एक्लै निर्वाचनमा लड्न सक्षम

काठमाडौँ, ५ मङ्सिर । एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन ।
“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छौ”, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । “ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनले भने, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको आँैला नसमातेर हिँड्न सक्दैनन् ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन ।
काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको बताए । उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिएका छन । यसैगरी, नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि शनिबार पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाएका हुन ।
बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।
शनिबारै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल ¥याली गरेको छ । सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिए । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *