स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा १६८ औं  पटक रक्तदान

 

 

सिलगढी,डाेटी  ३० कात्तिक। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६८ औं  पटक रक्तदान गर्नु भएको छ ।  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज डाेटी जिल्ला शाखा गठनार्थ डाेटी जिल्ला स्तरिय भेला स्थानीय दिपायल सिलगुढी नगरपालिकाकाे सभामक्षमा अायाेजना गरि सम्पन्न भएकाे छ ।
काेराेना भाईरस काेभिड – १९ ले चाैतर्फि आक्रान्त बनाउँदै रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न  स्वयंसेवी रक्तदाताहरूलाई थप अझबढि संगठित बनाई पीडितलाई कसरी रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे सहज तवरले आपूर्ति गर्न सकिन्छ भन्ने क्रममा अाज डाेटीकाे सिलगढीमा एक बृहत् अन्तर कृयात्मक कार्यक्रमकाे अायाेजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज डाेटी जिल्ला शाखा गठन गरिएकाे छ ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता सुशिल घर्तीकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज डाेटी जिल्ला शाखा गठन गरिएकाे छ । उक्त गठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष प्रशिस महरा,सचिब बिजयराज श्रेष्ठ, काेषाध्यक्ष बिस्ना के.सी. र सदस्यहरूमा क्रमशः धर्मराज जाेशी,नरेश मलासी, शेरबहादुर बाेगटी,खेमराज गुरूङ,उत्तम खड्का,अभिषेक के.सी.,अमित अमात्य, रामचन्द्र भट्ट र प्रकाश के.सी. सर्वसम्मत चयन गरिएकाे छ ।
डाेटेली समाज काठमाडौंका अध्यक्ष एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य जगदीश के.सी.काे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन लक्ष्मण मलासीले गर्नुभएको थियो ।
साथै डाेटेली समाज काठमाडौंकाे बिशेष संयाेजनमा  सगरमाथा हेल्थ फाउण्डेशन र हेल्थ फाउण्डेशन नेपालले प्रा. डा. दीपक महराकाे सभापतित्वमा नि:शुल्क दन्त शिबिरकाे आयोजना गरि सञ्चालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम ७ नम्बर प्रदेश सभासद् माननीय भरत बहादुर खड्काले काठमाडौंबाट डाेटी पुग्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई रक्तदान शिबिरकाे उद्घाटनार्थ रक्तदान गर्न रक्त संकलन थैली हस्तान्तरण गर्नुभएको थियो । बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६८अाैं पटक रक्तदान गर्दै रक्तदान शिबिरकाे उद्घाटन गर्नुभएको साे कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी,शिखर नगरपालिकाका प्रमुख सीताराम जाेशी बिशेष अतिथि र अतिथिहरूमा क्रमश: नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य एवं डाेटेली समाज काठमाडौंका अध्यक्ष जगदीश के.सी. र प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट रहनु भएको थियो ।
प्रेम शंकर भट्टद्वारा स्वागत गर्नुभएको उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई  दिपायल सिलगुढी नगरपालिकाद्वारा नगरबासीकाे तर्फबाट नगर प्रमुख मञ्जु मलासीले दाेसल्ला अाेढाई सम्मान-पत्र प्रदान गरि बिशेष रूपमा सार्वजनिक सम्मान गर्नुभएकाे थियो । साथसाथै शैलेश्वरी बिकास समितिका अध्यक्ष प्रेम शंकर भट्टद्वारा शैलेश्वरी देवीकाे प्रसाद एवं आशिर्वाद स्वरूप शैलेश्वरी देवीकाे नाम अंकित दाेसल्ला अाेढाएर बिशेष सम्मान पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *