५ दलिय गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने, ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज

 


कैलाली, ११ कात्तिक । ५ दलिय गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउदै ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित भएको बताएका छन । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारेका छन । उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।” देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भने । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन ।
यसैगरी, अध्यक्ष नेपालले गठबन्धनलाई आगामी चुनावसम्मै कायमै राखिने बताएका छन् ।राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उनले बताएका छन । उनले पार्टीहरूसँग चुनावी सहकार्य हुने पनि बताएका छन् ।
तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले बताए । पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताएका छन् । उनले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बनाउन सफल भएको पनि बताएका छन् । जनताले आफूहरूको पार्टीलाई माया गरेको पनि उनको भनाइ थियो । साथै उनले बागमती प्रदेशमा पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने पनि बताएका छन् ।
यस्तै, अध्यक्ष नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए । पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, केपी शर्मा ओलीले आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेलेका छन, उनको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’ ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आएका छन । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’
पछिल्लो समय विवादमा परेका प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै नभएको पनि उनले बताए । ‘महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *