काठमाडौँ, २७ असोज । काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै नेवा: देय् दबू महालक्ष्मी नगर कचा:द्वारा थसि,महालक्ष्मी नगरपालिका वडा नम्बर ६, ललितपुर,बागमती प्रदेशमा एक बिशेष रक्तदान एवं सम्मान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बासुदेव महर्जनको प्रमुख अातिथ्यतामा सञ्चालित साे रक्तदान एवं सम्मान कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकार बिशेष अतिथि र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस साेसाइटिकी निर्देशक डा. मनिता राजकर्णिकार अतिथि रहनुभएकाे थियो ।
नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का अध्यक्ष बिजय कुमार महर्जनको सभापतित्वमा सञचालित साे बिशेष रक्तदान तथा सम्मान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक रक्तदाता स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई आफ्नै तस्बिर अंकित टी-शर्टलाई फ्रेममा राखि सार्वजनिक लाेकार्पण गरिंदै सम्मान ब्यक्त गर्दै साे टी-शर्ट अंकित फ्रेम कार्यक्रमका प्रमुख अतिथि  महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बासुदेव महर्जनद्वारा प्रदान गर्नुभएको थियो ।
उक्त बिशेष रक्तदान एवं सम्मान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई सम्मानित,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदाता स्वयंकाे तस्बिर अंकित प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज वडा नम्बर ६ नगर समितिका अध्यक्ष दशबहादुर महर्जनले संयाेजन एवं  स्वातग मन्तब्य ब्यक्त गरिएकाे कार्यक्रमकाे सञ्चालन राधा श्रेष्ठले गर्नुभएको अाजकाे याे बिशेष रक्तदान एवं सम्मान कार्यक्रममा महिला र पुरूष गरि जम्मा ५८ जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *