नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिद्वारा बिशेष रक्तदान कार्यक्रम

काठमाडौं, २४ असोज । काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमख आतिथ्यतामा अाज नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिद्वारा काभ्रेस्थली,काठमाडौं बागमती प्रदेशमा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा अायाेजित उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रकदाताहरूलाई समाजकाे लाेगाे अंकित टी-शर्ट र प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समिति का अध्यक्ष राधेश्याम फुयालकाे सभापतित्वमा सञ्चालित साे रक्तदान कार्यक्रममा स्वास्थ्य सेवा बिभाग,नेपाल रेडक्रस साेसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथि र नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका सल्लाहकार रामहरि फुयाल अतिथि रहनुभएकाे थियो ।
साे रक्तदान कार्यक्रममा महिला, पुरूष गरि जम्मा ४७ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका सभापति तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयालले नेपाल स्वयंसेवी रक्तदाता समाजकाे लाेगाे अंकित टी-शर्ट मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको उक्त कार्यक्रमकाे सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका सचिब अनिल भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *