बलिउड फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरुको पनि अभिनय रहने


काठमाण्डौ, २१ असोज । बलिउड फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरुको पनि अभिनय रहने भएको छ । बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरु पनि जोडिएका छन् । यस फिल्ममा अभिनेत्री परमिता राणासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।
यो फिल्मका लागि नेपाली कलाकारको कास्टिङ सिर्जना सूत्रले गरेको हो । बुधवार फिल्मको टिमसँग नेपाली कलाकारहरु पनि छायांकनका लागि लुक्ला प्रस्थान गरेका छन् । परमिताले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्ममा अभिनय गर्ने नेपाली कलाकारसँग त्रिभुवन विमानस्थलमा खिचेको एक तस्विर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको जानकारी दिएकी छन् ।
‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘चंगा चेट, रोज, दि कर्मा’ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले पहिलो पटक बलिउड फिल्ममा काम गर्न लागेकी हुन् । कोरोना महामारीभन्दा अगाडि परमिताले गोपीचन्द्रको साथमा एक तेलुगू फिल्म साइन गरेकी थिइन् । फिल्मको मुहूर्तमा समेत उनी पुगेकी थिइन् । तर, यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन ।
४० दिनसम्म नेपालमा खिचिने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतका भारतीय कलाकारहरुको अभिनय रहनेछ । मित्रताको कथामा निर्माण हुन लागेको फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ ।
यसैगरी, भन्छिन, ‘पत्रकार र कलाकारबीच नंग र मासुको सम्बन्ध हुन्छ ।’ यी दुवै एकअर्काविना अपुरा हुन्छन् । कलाकारलाई दर्शकमाझ चिनाउन पत्रकारको हात रहन्छ भने पत्रकारलाई कलाकार समाचारका विषय हुन् । तर, पछिल्लो समय पत्रकार र कलाकारबीच दूरी बढ्दै गएको छ । मिडिया देख्नसाथ कलाकारहरु तर्सिन थालेका छन् भने कलाकारको व्यवहारले पत्रकार पनि रुष्ट छन् ।
कुनै समय मिडियासँग बोल्न पाउँदा कलाकारहरु ठूलो सौभाग्य ठान्थे । तर, अचेल पत्रकार र क्यामेरा देख्नसाथ कलाकारहरुको भागाभग हुने गर्छ । यो अवस्था सृजना हुनुमा दुवै पक्ष उतिक्कै जिम्मेवार छन् । अनावश्यक शिर्षक राखेर समाचार वा भिडियो विकाउन खोज्नु र कलाकारले मिडियालाई आफ्नो अनुकूल चलाउन खोज्ने प्रवृतिले गर्दा कलाकार र पत्रकारबीच दूरी बढेको हो ।
बुधवार राजधानीमा आयोजित आफू अभिनीत ‘माया पिरेम’ गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री साम्राज्ञी आरएल शाहले ‘मिडियासँग बोल्दिनँ’ भन्दै हिँड्नुले कलाकार र पत्रकारबीच कुन हदसम्म अस्वस्थ सम्बन्ध बढेको छ भन्ने कुरालाई प्रस्ट्याउँछ । पत्रकारले आफूलाई विवादमा ल्याउने खालको प्रश्न गर्ने माहोल बुझेपछि उनी कार्यक्रमबाट हिँडेको बताइएको छ ।
अघिल्लो लकडाउनमा भुवन केसीमाथि उनले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यो विषयले फिल्म क्षेत्र लामै समय तात्यो । भुवन केसीले अदालतमा साम्राज्ञीविरुद्ध मानहानीको मुद्धा समेत हाले । यसको केही समयपछि उनको प्रेमी देवांश राणासँग ब्रेकअप भयो । यी कुरा पत्रकारले कार्यक्रममा उठाउने संकेत पाएपछि उनी ‘मिडियासँग नबोल्ने’ भन्दै हिँडेको हुनसक्ने देखिन्छ ।
तर, कलाकार भएपछि पत्रकारको प्रश्नको सामना गर्नसक्ने हिम्मत राख्नुपर्छ । पत्रकारले सोध्ने प्रश्नमा सम्यमित भएर जवाफ फर्काउन सक्ने ‘वाककला’ को विकास कलाकारले गर्नैपर्छ । आफ्नै बोलीमा विश्वास नभएर विवादमा आउने डरले मिडियासँग भाग्दै हिँडने हो भने आफूलाई आवश्यक परेको समयमा मिडियाले पनि साथ दिने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *