इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली हरर फिल्म ‘कठपुतली’ लाई अवार्ड


काठमाण्डौ, २० असोज । इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली हरर फिल्म ‘कठपुतली’ ले अवार्ड जितेको छ । नेपाली हरर फिल्म ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको हो । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।
हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक प्रतिष्ठित ओटीटी प्लेटफर्मले रिलिजको अफर गर्नु हो । उक्त फेस्टिभलमा चारवटा फिल्मले मात्र यो अवार्ड जित्न सफल भए । विन्टर फिल्म फेस्टिभलमा यो फिल्मले ‘हरर विधा’ मा हलिउड फिल्मसँग प्रतिस्पर्धा गरेको थियो ।
फिल्मले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले फिल्म निर्माणमा मलाई थप हौसला दिएको छ ।’
फिल्मका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफूलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अवस्था सामान्य बन्दै गएकाले पुस–माघसम्म फिल्मलाई नेपालमा रिलिज गरिने निर्माता मगरले बताए ।
फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।
यसैगरी, निर्देशक शोभित बस्नेतले कयौं अन्तर्वार्तामा राजेश हमाललाई ‘महानायक’ नभइ ‘सुपरस्टार’ भनेका छन् । धेरै सुपरहिट फिल्म दिएकाले यो उपाधिको हकदार भुवन केसी रहेको उनको तर्क हुन्थ्यो । दुई हप्ताअघि आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा पनि उनले भुवन केसीलाई ‘नेपाली फिल्म क्षेत्रको एक मात्र असली महानायक’ भनेर सम्बोधन गरे ।
नेपाली फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेको व्यक्ति (राजेश हमाल) लाई ‘महानायक’ मान्न नसकिने उनको तर्क थियो । तर, यसपटक उनलाई आफ्नै बोली भारी प¥यो । सामाजिक सञ्जालमा दर्शकहरु उनीमाथि गाली गलौजमा उत्रिए । दर्शकको ठूलो वर्गले फिल्म बहिस्कार गर्नेसम्मको कुरा उठायो । ‘महानायक’ विवादको असर फिल्मको ‘काट्दिम्ला जुँगा’ गीतमाथि पनि प¥यो ।
यो विवादले प्रदर्शनको मुखमा रहेको फिल्मलाई गम्भीर असर गर्ने बुझेपछि उनले गत आइतवार ट्रेलर रिलिज कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर आफ्नो बुझाइ गलत रहेको बताउँदै दर्शकसँग माफी नै माग्न भ्याए । अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्ने उनले वाचा समेत गरे । अर्थात् उनले फिल्म जोगाउन आत्मसमर्पण गरे ।
‘महानायक’ विवादले गर्दा राजेश हमालसँग शोभितको सम्बन्ध चिसिएको थियो । यो विवादलाई टुंग्याउन पत्रकार प्रकाश सुवेदीले हमाल र शोभितबीच भेट गराउन मध्यस्थकर्ताको भूमिका खेलेका छन् । मंगलवार काठमाडौंको होटल अलफ्टमा छायांकन भएको ‘ग्ल्यामर गफ’ टेलिभिजन शोमा अतिथी भएर पुगेका राजेश हमालसँग पत्रकार सुवेदीले शोभितलाई बोलाएर भेट गराएका हुन् ।
उनीहरुबीच उक्त होटलमा करीब २ घन्टा कुराकानी भएको थियो । भेटमा भएको कुराकानीबारे शोभितले फिल्मीखबरसँग भने– ‘मैले पहिला नबुझेर वा आवेगमा आएर भनेका कति कुराहरुमा पछुतो भएर नै ट्रेलर सार्वजनिक कार्यक्रममा तपाईंको फोटोलाई प्रमुख अतिथी बनाएको थिएँ भनेर उहाँलाई जानकारी गराएँ । उहाँले पनि यो विषयमा विवाद नगरौं भनेर विनम्र आग्रह गर्नुभयो ।’
कुराकानीको क्रममा राजेश हमालले फिल्म ‘डाँडाको बर पीपल’ लाई सफलताको शुभकामना दिएको र फिल्म हेर्न हलमै आउने वाचा गरेको पनि शोभितले बताए । उनले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म (१७ वटा) हमाललाई लिएर बनाएका छन् । पछिल्लो पटक उनीहरुबीच फिल्म ‘राजु राजा राम’ मा सहकार्य भएको थियो । शोभित बस्नेत एक समयका सफल निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *