नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन

अछाम , १९ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठनार्थ अछाम जिल्ला स्तरीय भेला स्थानीय बुढीगंगा हाेटलकाे  सभाकक्ष साँफेबगर नगरपालिका वडा नं. ४ मा अायाेजना गरि सम्पन्न भएकाे छ ।

काेराेना भाईरस काेभिड – १९ ले चाैतर्फि आक्रान्त बनाउँदै “लकडाउन”काे सामना गरिरहेकाे कठिन घडिमा  स्वयंसेवी रक्तदाताहरू याे असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि साँफेबगर,साँफेबगर नगरपालिका-४  सुदूरपश्चिम प्रदेशमा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्लामा रक्तदान सम्बन्धि उत्प्रेरणनार्थ एक अन्तर कृयात्मक कार्यक्रमकाे अायाेजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएकाे छ ।

भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा पहराई बिशेष रूपमा सम्मान प्रदान गर्दै स्थानीय उत्पादन छाप्राे मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको थियो ।

उक्त भेलाले स्वयंसेवी रक्तदाता बीरबहादुर बाेहराकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएकाे छ । उपाध्यक्ष चेत बिक्रम शाह,सचिब कृष्णबहादुर थकुल्ला,काेषाध्यक्ष जीवन बहादुर बुढा र सदस्यहरूमा क्रमशः मीनबहादुर राना, तपेन्द्र भण्डारी,जनक कडायत र हिक्मत धामी सर्वसम्मत चयन गरिएकाे समितिकाे सल्लाहकारहरूमा क्रमशः टक्कर शाह,उमेश कंवर,चन्द्रमणि भाट गंगबहादुर खड्का,पुष्प बिष्ट र दानबहादुर बुढा रहनु भएको छ

नेपाल स्वयंसेवी रक्तदाता समाजका अाजीवन सदस्य बीरबहादुर बाेहराकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन कृष्णबहादुर थकुल्लाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *