फिल्म ‘गोर्खा वारियर २’ को कात्तिकबाट छायांंकन सुरु हुँने

काठमाडौं, १८ असोज । फिल्म ‘गोर्खा वारियर २’ को कात्तिकबाट छायांंकन सुरु हुँदैछ ।
दोस्रो चरणको कोरोना महामारीअघि फिल्मको ३० प्रतिशत छायांकन सकिएको थियो । अब बाँकी छायांकन नेपाल, मलेशिया र बेलायतमा हुनेछ । बेलायतमा भने फिल्मका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ ।
गत हप्ता बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘नो टाइम टू डाई’ को रेडकार्पेट प्रिमियर भयो । उक्त समारोहमा फिल्मका अभिनेता डेनियल क्रेगदेखि बेलायती राजकुमार प्रिन्स विलियम र राजकुमारी केट मिडलटनसम्मको उपस्थिति रहेको थियो । यो हलमा विश्वका ठूला कन्सर्टदेखि फिल्मसम्म प्रदर्शन हुने गर्दछन् ।सन् १८७१ मा आफ्ना पति प्रिन्स अल्बर्टको नामबाट रानी भिक्टोरियाले बनाएको यो ऐतिहासिक हलमा कन्सर्ट वा फिल्म प्रदर्शन गर्नका लागि तीन वर्षको ‘क्यु’ मा बस्नुपर्छ । हलिउड÷बलिउडदेखि संसारकै प्रसिद्ध हस्तीहरूको ‘सपना’ रहेको यो हलमा २०७२ सालमा पहिलो पटक नेपाली सांगीतिक प्रस्तुति भएको थियो । तर, आजसम्म यहाँ नेपाली फिल्म प्रिमियर भएको इतिहास छैन ।
निर्देशक मिलन चाम्सको भने रोयल अल्बर्ट हलमा आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर २’ को वर्ल्ड प्रियिमर गर्ने सपना छ । यसका लागि उनले लामो समयदेखि २०२२ का लागि हल ‘बुक’ गर्न प्रयास गरिरहेका छन् । उनी भन्छन्, ‘म अहिले नै ठोकुवा त गर्न सक्दिनँ तर यही हलमा फिल्मको प्रिमियर हुनसक्छ । फिल्मको छायांकन सकिएपछि हल पक्का गर्न बेलायत जाने तयारीमा छु ।’
निर्देशक चाम्सको सपना रोयल अल्बर्ट हलमा फिल्मको प्रिमियर गर्ने मात्र छैन, उक्त समारोहमा १० हजार दर्शकको उपस्थिति गराउने योजना पनि उनको छ । उनी भन्छन्, ‘फिल्म गोर्खाली सैनिकको कथामा बन्न लागेको हो । बेलायतमा सबैभन्दा बढी सम्मान नै गोर्खाली सौनिकको हुन्छ । यसैले फिल्मको प्रिमियरमा १० हजार दर्शकको उपस्थिति गराउन सकिन्छ भन्ने लागेको छ ।’
रोयल अल्बर्ट हलमा फिल्मको प्रिमियर गर्न लाग्ने खर्चले नेपालमा ५ वटा महंगा फिल्म बन्न सक्छ । यति ठूलो खर्चमा प्रिमियर गर्न आवश्यक छ ? भन्ने प्रश्नमा निर्देशक चाम्स भन्छन्, ‘यो हलमा फिल्म प्रिमियर गर्दा पैसा त ठूलै खर्च हुन्छ तर मेरो उद्देश्य नेपाली फिल्मलाई विश्वमाझ चिनाउनु र गोर्खाली सैनिकको विरता संसारलाई देखाउनु हो ।’
यसैगरी, आरजे हुँदै फिल्मसम्मको यात्रा तय गरेका राजबल्लभ कोइराला एक समय लभस्टोरी फिल्ममा राम्रो माग भएका अभिनेतामा पर्थे । डेब्यू फिल्म ‘पर्खि बसेँ’ नै सुपरहिट भएपछि उनले आफ्नो करिअर फर्केर हेर्नु परेन । उनको आगमन त्यसबेला भएको थियो जतिबेला फिल्म क्षेत्रमा चकलेटी नायकको खडेरी थियो । उनको प्रवेशपछि नेपालमा लभस्टोरी फिल्म बन्ने क्रम ह्वात्तै बढेको थियो ।
उनले आफ्नो करिअरको दौरानमा ‘छोडी गए पाप लाग्ला’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढी नेपाली फिल्मका साथै हलिउड फिल्म ‘हाईवे टु धम्पुस’ मा समेत अभिनय गरेका छन् । यही हलिउड फिल्मको सुटिङका लागि भन्दै करीब ८ वर्षअघि अमेरिका हानिएका उनी यसपछि अभिनयमा फर्किएका छैनन् ।
अमेरिका बसाई क्रममा उनलाई फिल्मबाट अफरै नआएको भने होइन । तर, आजसम्म उनलाई फिल्ममा फर्किने संयोग जुरेको छैन । हालै उनलाई एक नयाँ फिल्मबाट अफर आएको छ । उनलाई फिल्मको स्टोरीदेखि आफ्नो भूमिका चित्त बुझेको छ । यो फिल्मबाट उनले अभिनयमा कमब्याक गर्ने सम्भावना प्रवल छ । उनी आफैं पनि फिल्ममा फर्किनका लागि निकै आतुर छन् ।
फिल्ममा कमब्याक गर्न ढिलाइ भए पनि राजबल्लभले म्यूजिक भिडियोबाट अभिनयमा पुनगरागमन गरेका छन् । गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको ‘उनी आउने’ बोलको गीतको भिडियोमा उनको अभिनय छ । भिडियोमा उनको जोडी संजिता कोइरालासँग बाँधिएको छ । म्याक्स टिभि नेपालले निर्माण गरेको गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ ।
भिडियोलाई नवराज आचार्यले निर्देशन गरेका हुन् । अमेरिकामा नै सम्पूर्ण छायांकन गरिएको भिडियोका निर्देशक आचार्यले एक दशक अगाडि ‘कलिउड’ नामक नेपाली फिल्मको पनि निर्देशन गरेका थिए । भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिङ रहेको गीतको भिडियोका छायांकार शम्भु मोक्तान हुन् । विजय शिवाकोटीद्वारा लिखित ‘मोडहरुमा’ एल्बममा यो गीत समावेश छ ।
राजबल्लभले अमेरिका बसाईको क्रममा तीनवटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले तीन बर्ष अगाडि अम्बिका गुरुङ र रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अमेरिकाबाटै अभिनय गरेका थिए । फिल्ममा सक्रिय रहँदा उनले त्यतिबेलाका चर्चित निर्देशकहरु भुषण दाहाल, आलोक नेम्वाङ, प्रसन्न पौडेल लगायतसँग केही सफल म्युजिक भिडियोमा काम गरेका थिए ।
‘पहिले फिल्मको व्यस्तताले धेरै म्युजिक भिडियो गर्न सकिएन। पहिले फिल्मभन्दा माथी म्युजिक भिडियोलाई हेरिदैन थियो, अहिले अवस्था फरक भइसकेको छ । म्युजिक भिडियोलाई पनि उस्तै महत्व दिने गरिन्छ’, उनले भने– ‘मैले चाहेर मात्र यहाँ अभिनय गर्न सक्दिनँ । यहाँ कम भिडियोहरु तथा फिल्महरु बन्ने गर्छन् । मैले चाहेर मात्र नभएता पनि म काम गर्नको लागि तयार चाहिँ छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *