नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन

बर्दिया, १७ असोज ।  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठनार्थ बर्दिया जिल्ला स्तरिय भेला स्थानीय ठाकुरबाबा नगरपालिका वडा नं. – १ काे सभाकक्षमा अायाेजना गरि सम्पन्न भएकाे छ ।
काेराेना भाईरस काेभिड – १९ ले चाैतर्फि आक्रान्त बनाउँदै “लकडाउन”काे सामना गरिरहेकाे कठिन घडिमा  स्वयंसेवी रक्तदाताहरू याे असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि ठाकुरबाबा नगरपालिका – १ , भुरीगाउँ , बर्दिया लुम्बिनी प्रदेशमा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लामा एक बृहत् अन्तर कृयात्मक कार्यक्रमकाे अायाेजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरिएकाे छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई फूलमाला पहराई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गर्दै स्थानीय उत्पादन ढकिया मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको थियो ।
त्यसैगरि नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अाजीवन सदस्यता लिनु भएका सदस्यहरूलाई अाजीवन सदस्यता पत्र बितरण गरनुभयाे । ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता प्रेम प्रसाद लम्सालकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरिएकाे छ । उपाध्यक्ष सन्तोष बास्ताेला,सचिब श्यमलाल थारू, काेषाध्यक्ष हिमालय त्रिपाठी र सदस्यहरूमा क्रमशः यज्ञप्रसाद नेपाल,गाेपाल निराैला,उमा कुमारी मल्ल, शंकर थारू,महमाेद अलि मनिहार र भाेजराज बराल सर्वसम्मत चयन गरिएकाे छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे अाज जन्मदिन समेत परेकाेले उपस्थित सबैले सामुहिक शुभकामना प्रदान गरेका थिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका अाजीवन सदस्य प्रेम प्रसाद लम्सालकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन यज्ञप्रसाद नेपालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *