एभरेष्ट प्रिमियर लिगमा पोखरा र भैरहवाको सहज जित


काठमाडौं, १४ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोज र भैरहवा ग्ल्याडीयटर्स बिजयी भएका छन । बुधबार भएको खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो । पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा १ चौका सहित १२ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।ललितपुरका अजमतुल्लाह ओमरजाईले पहिलो ओभरमा ९ रन खर्चेका थिए । दोस्रो ओभरमा रिजन ढकालले ५ रन खर्चिए । तेस्रो ओभरमा योगेन्द्रसिंह कार्कीले ९ रन खर्चिएका थिए । रिजन ढकालले चौथो ओभरमा २ चौका सहित १२ रन खर्चिएका थिए । पवन सरार्फले पाँचौं ओभरमा ४ रन दिए । छैटौं ओभरको दोस्रो बलमा अजमतुल्लाहले रितलाई बोल्ड आउट गरे ।
छैटौं ओभरमा अजमतुल्लाहले १ विकेट लिएर २ रन दिएपछि खेल अन्तिम ओभरमा पुगेको थियो । अन्तिम ओभरमा पोखरालाई जितको लागि ११ रन आवश्यक परेको थियो । पवनलाई पहिलो बलमा लेभीले चौका प्रहार गरे । दोस्रो बलमा लेभीले छक्का प्रहार गर्दै जित सहज बनाए । एक रन चाहिँएको बेला लेभीले तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो । ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १९ रन बनाएका थिए ।
पहिलो ओभरमा केज्रिक विलियम्सले ७ रन खर्चेका थिए । तीव्र गतिका बलर विक्रम सोबको दोस्रो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल थर्डमा नन्दन यादवबाट ३ रनमा सहज क्याच आउट हुन पुगे । दोस्रो ओभरमा विक्रमले एक चौका सहित एक विकेट लिँदै कुल ७ रन खर्चेका थिए । नन्दन यादवको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका पवन सरार्फ लोकेश बमबाट ५ रनमा आउट भए । नन्दनले यस ओभरमा ६ रन खर्चिए ।
विक्रमको चौथो ओभरको पहिलो बलमा ठूलो सट खेलेका अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ डिप मिडविकेटमा सुनिल धमलाबाट एक रनमा क्याच आउट हुन पुगेका थिए । विक्रमले चौथो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । मध्यगतिका साहन आर्चचिगेले पाँचौं ओभरमा एक चौका र एक छक्का सहित कुल १४ रन खर्चिए । केज्रिकको छैटौं ओभरको तेस्रो बलमा सान्दुन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । केज्रिकले छैटौं ओभरमा १ विकेट लिँदै कुल १० रन खर्चेका थिए ।
सातौं ओभरको चौथो बलमा नन्दनले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । नारायणले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं बलमा सन्दीप जोरा शून्यमा आउट भए । ओशद फर्नान्डो ७ बलमा १ चौका सहित १० रनमा अविजित रहे । पोखराका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विक्रमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग बर्षाको कारण १–१ अंक बाँडेको थियो । पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्ने छ । आज दोस्रो खेलमा भैरहवा र विराटनगर भिड्दैछन् ।
यसैगरी, एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको योगदान दिए । विजयी चौका प्रहार गरेका उनले ३५ बलमा ४ चौका प्रहार गरे । कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे ।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २३ बलमा ३ चौकासहित २२ रनको योगदान दिए । उनी पाँचौ ओभरमा करण केसीको बलमा सिकन्दर राजाबाट समातिए । पहिलो विकेटका लागि २७ रनको साझेदारी अन्त्य भएपछि आठौं ओभरमा अर्का ओपनर तमिम इकबाल रामनरेश गिरीको बलमा आउट भए । उनले १३ बलमा १ चौका र १ छक्काको मदतले १२ रन जोडे ।११ औं ओभरको अन्तिम बलमा रोहित पौडेल रामनरेशकै शिकार बने । ठूलो सट खेल्ने धुनमा उनी चन्द्रपाल हेमराजको हातबाट थर्डमा समातिए । उनले १० बलमा २ चौकको मदतले १२ रन जोडे । लगत्तै अर्को ओभरमा आरिफ शेख वसन्त रेग्मीको बलमा खाता नखोली आउट हुँदा भैरहवा ७०–४ को स्थितिमा पुगेको थियो ।
त्यसपछि शरद र उपुलले टोलीलाई जितसम्म पुर्याएका थिए । विराटनगरका लागि रामनरेशले २ विकेट लिँदा वसन्त र करणले १–१ विकेट हात पारे ।

पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग बर्षाको कारण १–१ अंक बाँडेको थियो । पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *