रिपोटिङको क्रममा पत्रकारमाथि आक्रमण

काठमाडौं,१० असोज । केयूकेएलका कर्मचारीहरुको आन्दोलन रिपोटिङको क्रममा पत्रकारमाथि आक्रमण भएको छ । नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक यज्ञ ढकालमाथि आइतबार केयूकेएलका कर्मचारी युनियनका एमाले गठबन्धका अध्यक्ष नवलसिंह साउदले आक्रमण गरेका हुन । उनले केयूकेएलमा अस्वभाविक रुपमा भ्रष्टाचार गरेर कमाएको धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न थालेपछि साउद विछ्प्ति बनेका छन । उनले कर्मचारीहरुको वीचमा अपशब्द समेत प्रयोग गरेका छन । उनको यो आफ्नो अपराध लुकाउन केयूकेएलका सबै. कर्मचारीहरुलाई समेत बद्नाम गराउने प्रयास गरेका छन । उनका विरुद्ध सम्पत्ति सुद्धिकरण विभागमा उजुरी समेत आजै दर्ता गरिएको छ । उनका विरुद्ध नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कारवाहिको माग गर्दै विज्ञप्ती निकालेको छ । उनले सम्पादक ढकाललाई हातपात गर्दा युनियनका नेता ओम ढकाल र अर्का युनियनका अध्यक्ष सन्त बोहोराले छुट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *