उद्धघाटन खेलमा काठमाडौंसँग ललितपुर पराजित


काठमाडौं, १० असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौंसँग ललितपुर पराजित भएको छ । जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सानदार विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा शनिवार काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंको जितमा रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्का सहित ७३ रनमा अविजित रहे । रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए । स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्का सहित एकै ओभरमा २९ रन जोडेका थिए ।
विकेटकिपर तथा ओपनर रहमानउल्लाह गुरबाज ३६ बलमा ४ चौका र ४ छक्का सहित ५६ रनमा आउट भए । उनले २४ बलमा अर्धशतक प्रहार गरेका थिए । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए । राजु रिजाल १३ बलमा २ चौका सहित १९ रनमा अविजित रहे । ललितपुरका पवन सरार्फले एक विकेट लिए ।त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।
तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।
तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पहिलो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । अन्तिम बलमा जितेन्द्रले श्रीलंका ब्याट्सम्यान सन्दुन वीराकोडीलाई दुई रनमा राजु रिजालबाट क्याच गराएका थिए ।दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दै ललितपुरलाई ७–३ को अवस्थामा पुर्याएका थिए ।
चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । जितेन्द्रले दशौं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । पाँचांै विकेटका लागि पवन र योगेन्द्रले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका थिए ।वन स्पिनर रयान बर्लको १७ औं ओभरको दोस्रो बलमा टप एज लागेर फाइन लेगमा शेर मल्लबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा योगेन्द्र एलबीडब्लू आउट भएका थिए । रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । काठमाडौंले सोमबार विराटनगर वारियर्ससँग खेल्ने छ । ललितपुरले बुधबार पोखरासँग खेल्ने छ ।
यसैगरी, हेड टु हेड ः इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।
काठमाडौंको टोली ः सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज रहेका छन भने मुख्य प्रशिक्षकमा कलाम अली रहेका छन ।
यस्तै, ललितपुरको टोलीमा कुशल भुर्तेल (कप्तान), सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ, नागराज सिंह, मिक्यो दोर्जी(भुटान), आजमतुल्लाह ओमरजाई(अफगानिस्तान), सन्दुन वीराक्कोडी(श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका) रहेका छन भने मुख्य प्रशिक्षकमा राजु बस्नेत रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *