९ जना जुवाडे पक्राउ

 

काठमाडौँ, १० असोज । ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुले काठमाडौँको ठूला ढिकबाट नगदसहित उनिहरुलाई शनिबार पक्राउ गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रदीप खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले आज रु एक लाख सात हजार १५० नगदसहित पक्राउ गरेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।
खड्काको घरमा डेरा गरी बस्ने वर्ष ३८ को वीरेन तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुको प्रहरी निरीक्षक जानुकादेवि खरेलसहितको टोलीले तामाङसहित नौ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१ का २२ वर्षीय दिनेश खड्का, ३७ वर्षीय सञ्जय तामाङ, ४४ वर्षीय आशिष लामासहित नौ जना रहेका छन् । निजको साथबाट जुवा खेल्न प्रयोग गरिएको तीन बुक तास प्रहरीले बरामद गरेको छ । निजको पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *