सिनेमा हल नखोलेसम्म फिल्म इन्डस्ट्री चलायमान नहुने दावी

काठमाडौं, ७ असोज । सिनेमा हल नखोलेसम्म फिल्म इन्डस्ट्री चलायमान नहुने हल व्यवसायी तथा फिल्म निर्माता अशोक शर्माले बताएका छन । आइतवार एक कार्यक्रममा उनले दशैंबाट जसरी पनि सिनेमा हल खोल्ने बताए । निर्मातालाई के सुविधा दिन सकिन्छ त्यसमा हामी लचक छौं । निर्मातालाई प्रतिशत बढी दिएर हुन्छ वा विकास बोर्डले आर्थिक सहयोग गरेर हुन्छ हामी सबै पक्षसँग छलफल गरेर चाँँडै टुंगोमा पुग्नेछौं,’ ।
निर्मातालाई कसरी सुरक्षित गर्ने भन्नेमा विषयमा छलफल भइरहेको बताउँदै उनले अगाडि भने, ‘निर्माताको एकचोटी गयो भने त गइगयो । प्रदर्शनहरु त एउटा फिल्मबाट भएन भने अर्को फिल्मबाट उठ्न सक्छन् । यसकारण निर्मातालाई कसरी सुरक्षित गर्ने भनेर हामी गम्भीर रुपमा लागिरहेका छौं ।’ खुल्न बाँकी रहेका केही जिल्लाका हल खुलाउन पनि पहल भइरहेको उनले बताए ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि गत बैशााखमा देशभरका जिल्ला प्रशाासन कार्यालयहरुले सिनेमा हललाई अनिश्चितकालका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । जसअनुरुप करीब चार महिना हल बन्दै रहे । गत महिना काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सिनेमा घर खोल्न अनुमति दिएको छ ।
तर, प्रशासन कार्यालयले अनुमति दिएता पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा सिनेमा हल खुल्न सकेका छैनन् । निर्माताहरु लगानी सुरक्षित हुने गरी वितरक र हल व्यवसायीबाट ‘एमजी’ पाए मात्र फिल्म रिलिज गर्न तयार देखिएका छन् । यही विषयमा चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संघ–संस्थाहरु दिनहुँ जसो छलफलमा जुटेका छन् ।
यसैगरी, अभिनेता पुष्प खड्का एकपटक फेरि मल्टीस्टारर फिल्ममा काम गर्ने तयारीमा छन् । उनले गत महिना सम्झौता गरेको फिल्म ‘एक्स ९’ मा सौगात मल्लदेखि अनमोल केसीसम्मको अभिनय रहनेछ । अहिले फिल्मका कलाकारहरु जिममा पसिना बगाइरहेका छन् । फिल्ममा तेक्वान्दो शैलीको एक्सन सिक्वेन्स हुने भएकाले पुष्प, सौगात र अनमोलले आफ्नो शरीरलाई ‘हेभी’ बनाउनु पर्नेछ ।

चार महिनासम्म चल्ने जिम र एक्सनको तामिलका लागि निर्माण टिमले हरेक कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराएर प्रत्येक दिन तीन घन्टासम्म राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएको छ । जिम ट्रेनिङपछि कलाकारलाई चाहिने ‘डाइट प्लान’ पनि निर्माण टिमले नै उपलब्ध गराएको छ । अबको एक हप्तापछि सौगात, अनमोल र पुष्पले एक्सन तालिम पनि सुरु गर्नेछन् ।
पुष्पले फिल्मका लागि आफूले २० केजी तौल बढाउनु पर्ने बताए । हरेक दिन तीन घन्टा जिममा विताउने गरेका उनले तीन हप्तामा चार केजी तौल बढाइसकेका छन् । ‘फिल्ममा एकदमै हेभी फाइटहरु छ । भिलेनहरु पनि एकदमै हेभी हुनेछन् । त्यसैले म पनि शारीरिक रुपमा हेभी देखिनुपर्नेछ । २० केजी तौल बढाउनु भनेको मोटाउनु होइन, शरीरका मसल्सहरु बढाउनु हो,’ उनले भने ।
कोरोनाले थलिएको फिल्म इन्डस्ट्रीलाई उठाउनका लागि आफूले मल्टीस्टारर फिल्ममा काम गर्न लागेको उनले बताए । स्क्रिप्ट मन परेको छ र क्यारेक्टरहरु सबै बलियो छ भने मल्टीस्टारर फिल्ममा काम गर्न आपत्ति नभएको उनी बताउँछन् । एक्सन फिल्मप्रति आफ्नो रुची भएकाले ‘एक्स ९’ मा काम गर्न तयार भएको पुष्पको भनाई छ । फिल्मको क्याप्टेनसिप मुकुन्द भट्टले सम्हाल्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *