लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडकाे संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं, ३ असोज । काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको अाह्वानलाई सार्थक तुल्याउँदै अाज राताे मच्छिन्द्रनाथकाे भाेटाे देखाउने पवित्र धार्मिक स्थल ललितपुर स्थित जावलाखेलमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाइनान्स लिमिटेडकाे संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा अायाेजित उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र कार्यक्रमकाे संयाेजन तथा व्यवस्थापन गर्नुहुने रिलायन्स्  फाइनान्स् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले संयुक्तरूपमा प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।
लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष राेशन कुमार श्रेष्ठकाे सभापतित्वमा सञ्चालित साे रक्तदान कार्यक्रममा स्वास्थ्य सेवा बिभाग,नेपाल रेडक्रस साेसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार काे समेत उपस्थिति रहेकाे थियो । हालैमात्र लाेकार्पण गरिएकाे “अठार वर्ष,पैतालिस किलाे,रक्तदान गर्न नगराैं ढिलाे” बाेलकाे गीतले साँगीतिक गुञ्जयमान गरिंदै अायाेजना गरिएको रक्तदान कार्यक्रममा महिला, पुरूषगरि जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *