५२ लाख ४३ हजारले पूर्ण मात्राको खोप लगाए

काठमाडौँ, ३० भदौ । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मंगलबार ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

मंगलबार एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ ।
हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै मंगलबार एक हजार ५८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट मंगलबार १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ । हाल ४५३ सघन उपचार कक्ष (आइसियु), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरी, मंगलबार प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा मंगलबार ३२८ कोरोना सङक्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *