असोज २२ गते निर्देशक थापाले नायिका सुप्रिया कटुवालसँग लगनगाँठो कस्दै

काठमाडौं, २५ भदौं । आउदो असोज २२ गते निर्देशक सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग लगनगाँठो कस्ने भएका छन् ।

थापाले मंगलबार प्रेमिका सुप्रिया सँग इन्गेजमेन्ट गरेका छन् । थापाले आफ्नो जन्मदिनको अवसरमा पारेर मंगलवार आफुहरु यहि असोज २२ गते विवाह गर्न लागेको भन्दै औठी साटासाट गरेका हुन् । काठमाडौंको होटल ¥याडिसनमा थापाको इन्गेजमेन्ट समारोहमा सम्पन्न भएको हो । उनीहरुको इन्गेजमेन्टमा वर्षा सिवाकोटी र राज कटुवाल सहभागी भएका थिए ।

सुप्रिया राजसँग गाडीमा होटल पुगेकी थिइन् । राजको निर्देशक थापासँग पनि निकै राम्रो सम्बन्ध रहेको बुझिन्छ । बुझिए अनुसार, सुप्रिया र सुदर्शनको चिनजान नै राजको माध्यमबाट भएको थियो । सुदर्शन र सुप्रिया एकअर्काको प्रेममा रहेको नजिकबाट थाहा पाउने अभिनेत्री पूजा शर्मा पनि हुन् । केही वर्ष अगाडिसम्म उनको नाम सुदर्शनसँग जोडिने गरेको थियो ।

‘प्रेमगीत’ पछि सुदर्शनले पूजा विना फिल्म नै बनाएका छैनन् । यसले गर्दा पनि उनीहरुको प्रेम चर्चा लामो समय चल्यो । तर, यो जोडीले आफूहरुबीच व्यवसायिक सम्बन्ध मात्र कायम रहेको बताउदै आएका छन् ।
सुदर्शनको टीकाटालोमा पूजा शर्मा भने अनुपस्थि रहेका थिए । थापाले उनलाई इन्गेजमेन्टमा सहभागी हुन निमन्त्रणा नै नगरेको आँकलन गरिएको छ ।

निर्देशक थापाको नजिक रहने नायिका शर्मा इन्गेजमेन्टमा नआउदा यि दुईको सम्बन्धमा केही दरार आएको बुझ्न सकिन्छ । निर्देश थापाले नायिका शर्मालाई निम्तो नगरेपछि सोही दिन नायिका थापाले आफू म्यूजिक भिडियोको छायांकनका लागि काठमाडौं बाहिर जान लागेको बताइन् । उनि गायक शिव परियारको गीतमा अभिनय गर्दैछिन्, जुन काठमाडौं बाहिर खिचिँदैछ ।

इन्गेजमेन्टको साँझ सुदर्शनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए । त्यो विशेष पल उनलाई सुप्रिया, राज र वर्षाले साथ दिएका थिए । उनलाई निर्देशक थापाको इन्गेजमेन्टको मात्र होइन, बर्थडे सेलिब्रेसनको समेत निम्तो नभएको स्रोतको भनाई छ ।
गत महिनासम्म पूजा शर्मा र वर्षा सिवाकोटीको मित्रता सामाजिक सञ्जालमा खुब देख्न पाइन्थ्यो । उनीहरुको क्लबदेखि पारिवारिक भेटघाटमा समेत एकसाथ हुन्थ्यो । आफूहरु जस्तो मिल्ने साथी अरु नभएको झैँ गरेर उनीहरुले हरेक दिन सामाजिक सञ्जालमा एकअर्कासँगको तस्बिर पोस्ट गरिरहेका हुन्थे । यदि धेरै मिल्ने साथी जो निर्देशक शर्माको इन्गेजमेन्टमा सामेल भए तर नायिका शर्मालाई निम्तो नै नआउदा यहाँ सम्बन्धमा दरार आएको सहजै बुझन सकिन्छ ।

तर, फिल्म क्षेत्रमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । पूजा र वर्षाको मित्रता पनि स्थायी हुन सकेन । केही समयदेखि उनीहरुबीच भेटभाट र बोलचाल नभएको स्रोत बताउछन् । नायिका शर्मालाई निर्देशक थापाको इन्गेजमेन्ट समारोहमा सहभागी हुनका लागि निमन्त्रणा कार्ड नपुग्नुको कारण वर्षा सिवाकोटीलाई पनि मानेका छन् ।

गत वर्षको दशैंपछि वर्षा र पूजाबीच हिमचिम बढेको थियो । यसैक्रममा वर्षाको भेट राज कटुवालसँग भयो । राज र पूजा एकदमै मिल्ने साथी हुन् । पूजासँग भेट्ने क्रममा राज वर्षासँग नजिक भएका थिए । अहिले उनीहरु गहिरो प्रेममा रहेको चर्चा छ । उनीहरुबीच प्रेम अंकुराएको बेलादेखिको साक्षी पूजा हुन् । तर, अहिले वर्षासँगै राजसँँग पनि पूजाको् सम्बन्ध विग्रिएको चर्चा छ ।

यसै महिना राज र वर्षा अभिनीत ‘म यस्तो गीत गाउँछु’ गीत सार्वजनिक भएको थियो । यो गीत पहिला फिल्म ‘म यस्तो गाीत गाउँछु २’ मा राखिने कुरा थियो । तर, पछि फिल्ममा अटेन । जब यो गीतको म्यूजिक भिडियो बन्ने कुरा आयो तब पूजाले अभिनय गर्ने इच्छा देखाएकी थिइन् । तर, राज र वर्षाले सुटुक्क गीतमा काम गरे । त्यसपछि उनीहरुबीच सम्बन्ध विग्रिएको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *