नेपाल बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विजयी

काठमाडौं, २५ भदौ । नेपाल बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् ।

४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रीति राईले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक रुप्ना चक्माले पञ्च गर्दै बचाउँदा नेपालले खेलमा थप अग्रता बढाउन सकेन ।
६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेडर प्रयास गरेपनि भेट्न नसक्दा बंगलादेशले गोल अन्तर कम गर्न सकेन ।

७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बचाउँदै नेपालको खतरा टारिन् ।८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् ।

दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवाव झेलेको थियो । बंगलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दवाव दिएको थियो ।दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो ।

नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।
यसैगरी, ‘अरुको ठाँउ लिने भन्दा पनि म आफ्नै ठाँउ बनाउन कोशिस गर्नेछु’, पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएपछि प्रिती राईले भनेकी थिइन् । साच्चै उनले भने जस्तै आफ्नो ठाँउ बनाउने गरि डेब्यू खेलमा प्रदर्शन गरेकी छिन् ।
महिला टोलीको दशरथ रंगशालामा बिहीबार डेब्यू खेल । त्यहि मार्फत सिनियर टोलीबाट आफ्नो डेब्यू । टोलीले बंगलादेशलाई मैत्रीपूर्ण खेलमा २–१ ले जित्दा एक गोल । पूरा ९० मिनेट खेल्दै अन्त्यमा खेलकै सर्वोत्कृष्ट खेलाडी बन्दै २५ हजार रुपैयाँ पुरस्कार ।
संयोगवश महिलाहरुको महान चाड हरितालिकाको दिन भएको खेलमा प्रितीको प्रदर्शन छोटकरीमा भन्दा यस्तो रह्यो । व्यक्तिगत प्रदर्शन र टोलीमा छाडेको प्रभाव हेर्दा यसलाई उनको ड्रिम डेब्यू भन्दा फरक पर्दैन ।‘म अझै यो भन्दा राम्रो गर्न सक्छु भन्ने विश्वास छ’, प्रितीले खेलपछिको पत्रकार सम्मेलनमा भनिन्, ‘मलाई प्रशिक्षकले विश्वास गर्नुभयो। त्यो मौकालाई सदुपयोग गर्न कोशिस गरे ।

अझै राम्रो गर्नुपर्नेछ ।’उमेर समूहमा टोलीको नेतृत्व समेत गरिसकेकी प्रिती आशा गरिएकी खेलाडी हुन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी सम्बा चोटका कारण टोलीमा प्रितीबाट बढी अपेक्षा गरिएको थियो । डेढ वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छनोटमा परेर पनि अन्तिम टोलीमा पर्न असफल १७ वर्षे प्रितीले पहिलो मौकामा नै भरपुर उपयोग गरेकी छिन् ।

जसले उनले भने जस्तै टोलीमा आफ्नो ठाँउ बनाउनका लागि पक्कै मद्दत पुग्नेछ ।
एपिएफ क्लबबाट व्यसायिक फुटबल खेल्दै आएकी प्रितीले गत माघ फागुनमा आयोजना भएको राष्ट्रिय लिग पहिलो पटक खेलेकी थिइन् । प्रितीसँगै सविता रानामगरले पनि डेब्यू खेललाई यादगार बनाइन् । रौतहटकी सविताले टोलीका लागि पहिलो गोल गरेकी थिइन् । उनले १३ औं मिनेटमा गोल गरेकी थिइन् । विमला चौधरीको क्रसलाई सविताले बंगलादेशी गोलकिपर रुन्पा चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडमार्फत गोल गरेकी थिइन् ।

प्रितीले २३ औं मिनेटमा गोल गरेकी थिइन् । सरु लिम्बुले लिएको चलाखीपूर्ण पासमा प्रितीले एक डिफिन्डरलाई विट गर्दै पेनाल्टी बक्स बाहिरबाट गोल गरेकी थिइन् । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बंगलादेशले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो ।

८३ औं मिनेटमा मैदान प्रवेश गरेको एक मिनेटमै थाउरा खातुनले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । नेपाली टोलीका लागि डेब्यु गरेकी प्रितिले पूरा अवधि खेलेकी थिइन् । उनको प्रदर्शनलाई प्रशिक्षक ग्यारी फिलिप्सले पनि प्रशंसा गरे ।
यसटक सात खेलाडी राष्ट्रिय टालीमा परेका थिए भने त्यसमध्ये प्रिती र सवितासहित ४ खेलाडीले डेब्यूको अवसर पाए । परिवर्तित खेलाडीका रुपमा सृजना सिंह र रश्मीकुमारी घिसिङले डेब्यू गरे । हिराकुमारी भुजेलको ठाँउमा सृजना ८३ औं मिनेटमा र मन्जलीकुमारी योन्जनको ठाँउमा रश्मी ८५ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए ।

असोजको पहिलो साता उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटको तयारीका क्रममा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल्दैछ । दोस्रो खेल आइतबार हुनेछ । उज्वेकिस्तानमा नेपालले फिलिपिन्स र हङकङसँग छनोट खेल्नेछ । तीन टोलीले एक अर्कासँग खेलेपछि समूहको शीर्ष टोली यसै वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *