नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत

 काठमाडौँ, २५ भदौ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत रहेको छ । बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएसँगै नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको हो ।
कोरोना भाइरसको सङ्क्रमण बिहीबार एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन् । सङ्क्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा बिहीबार ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन ।
यसैगरी, बिहीबार प्रदेश नं १ मा ३४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, सुनसरीमा ७१, धनकुटामा छ, इलाम र उदयपुरमा चार÷चार, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो ।
प्रदेशमा आजै ३५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर विधिबाट ९४६ जनाको नमूना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चौबीसमध्ये १९ मा पीसीआर र पाँच जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १५, महाकाली र डडेल्धुरा अस्पतालमा दुई÷दुई मा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका तीन, बझाङ र दार्चुलाका एक÷एक मा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर ११ ले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । यसअघि बुधबार सुदूरपश्चिमका ३३मा सङ्क्रमण पुष्टि हुँदा ११ जना सङ्क्रमणमुक्त भएका थिए ।
यसैबीच, गण्डकी प्रदेशमा बिहीबार १७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ सङ्क्रमित थपिएका छन् ।
प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा बाग्लुङ जिल्लाकोे बाग्लुङ नगरपालिका–४ की ४४ वर्षीया महिला, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ की ६६ वर्षीया महिला र पर्वतको पैयुँ गाउँपालिका–२ का ७७ वर्षीय पुरुष छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३२३ पुगेको छ ।प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारर होम आइसोलेसनमा एक हजार ८८२ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *