बिशाल हृदय भएको मित्रराष्ट्र रुस प्रति नेपाल कृतज्ञ छ 


केशबराज अर्याल
बिशाल भुगोल भएकोे विश्वकै सबै भन्दा ठुलो राष्ट्र रुस अन्तरराष्ट्रिय सहयोग प्रवद्र्धनमा पनि विश्वमै अग्रणी मानिन्छ । सबै भन्दा पहिला चन्द्रमामा मानव सहितको यान पठाउन सफल भएको रुस विज्ञान,प्रविधि कला साहित्यका क्षेत्रमा पनि निकै संमृद्ध छ । संयुक्त राष्ट्रसंघको स्थायी सदस्य समेत रहेको आणविक शक्तिराष्ट्र रुस बिश्व शान्ति स्थापनामा पनि अग्रणी रहेको छ । कुनै समय विश्व दुई धुब्रमा बाडिएको समयमा एउटा धुब्रको नेतृत्व गर्ने रुसको अन्र्तराष्ट्रिय राजनीतिमा समेत आफ्नै पहिचान र अडान रहँदै आएको छ । रुस भुगोल, सैन्य प्रविधि र कला, साहित्यमा जसरी विशाल छ, अन्तर्राष्ट्रिय मित्रहरुलाई सहयोग गर्ने र सहकार्य गर्ने कुरामा पनि त्यत्तिकै अगाडी छ । अझ भनौ रुस सहयोगी र दायालु राष्ट्र हो । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि रुसको सहयोग अतुलनिय छ । नेपाल र सोभियत युनियन बीच सन् १९५६ जुलाई २० तारिखबाट कुटनीतिक सम्बन्ध स्थापित भएको हो । सोभियत युनियनको विघटन पछि वर्तमान रुससँग पनि सन् १९९१ डिसेम्बर २५ बाट पुनः कुटनीति सम्बन्ध स्थापित भई सम्वन्धको निरन्तरता छ । मित्र राष्ट्र रुससँगको नेपालको ६५ वर्षको सम्बन्ध अत्यन्तै सौहार्दपुर्ण,हार्दिक र मित्रवत रहँदै आएको छ । यो बीचमा रुसले नेपालको शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि र औद्योगिकीकरण एवं पुर्वाधार विकासमा उल्लेख सहयोग गर्दै आएको छ ।
नेपाली नजरबाट हेर्दा रुस भौगोलिक क्षेत्रफलको जस्तै मनको पनि बिशाल देखिन्छ । बिगतका वर्षहरु जतिबेला नेपाल विकास र भौतिक पुर्वाधार निर्माणको चरणमा प्रवेश गर्दै थियो । त्यो समयमा रुसले खुल्ला दिलले सहयोग गरेर आफ्नो बिशालता प्रदर्शन गर्यो । क्षेत्रगत रुपमै रुसले धेरैवटा क्षेत्रमा नेपाललाई सहयोग गरेको छ । जसलाई हामीले निम्न क्षेत्रमा विभाजन गरेर चर्चा गर्न सक्दछौं ।
स्वास्थ्य ः जतिबेला नेपालमा स्वास्थ्य क्षेत्र धेरै कमजोर थियो । बाल मृत्यदर अत्यधिक थियो । त्यो समयमा रुसले नेपालको बाल स्वास्थ्यको क्षेत्रमा कान्तिबाल अस्पताल निर्माण गरिदिएर महत्वपुर्ण सहयोग गरेको थियो । सन् १९६३ मा रुसकै सहयोगमा सुरु भएको कान्तिबाल अस्पताल त्यसबेला ५० शैयाको थियो । सन् १९९१ मा १०० शैयाको हुँदै अहिले ३५०शैयाको बनाइएको छ । यो नेपालको बालस्वास्थ्य क्षेत्रको मेरुदण्डनै मानिन्छ । कोभिड— १९ को महामारीमा सर्वप्रथम रुसले स्पुतनिक ख् भ्याक्सिनको निमार्ण गरी बिश्वसमुदायलाई कोरोना मुक्त गर्नै अभियानमा अब्बल साबित भएको छ । रुसले विश्वका प्राय जसो देशलाई स्पुतनिक V भ्याक्सिन उपलब्ध गराउदै आएको छ भने नेपाललाई पनि भ्याक्सिनका उपलब्ध गराउने प्रतिबद्धता जनाई सकेको छ । नेपालको औषधी व्यवस्था विभागले पनि स्पुतनिक भ्याक्सिन नेपालमा संकटका बेला परीक्षण प्रयोगका रुपमा ल्याउन सक्ने जनाई सकेको छ । रुसको यस कार्यको सबैतिर प्रशंसा गरीएको छ ।
जलविद्युत ः
नेपाल जलविद्युतको उत्पादनको सम्भावनाको दृष्टीले विश्वमै ब्राजिल पछि दोस्रो स्थानमा पर्दछ । मित्रराष्ट्र रुसले नेपालको जलबिद्युत क्षेत्रमा लगानी गर्न इच्छा देखाएकोे मात्र होइन जलविद्युत आयोजना बनाउनै सहयोग गरेको छ । सन् १९६५ मा रुसले हाइड्रोपावर बनाउन सहयोग गरेको थियो । सन् १९६५ मा बनाइएको पनौति हाइड्रोपावर जसको उत्पादन क्षमता २.४ मेघावाट छ । यो जलबिद्युत आयोजना रुसकै सहयोगमा बनाइएको हो । यसको निर्माण गर्न तत्कालीन समयको २७ मिलियन खर्च भएको थियो । सन् २०२० को डिसेम्बरमा नेपालका लागि रुसका तत्कालिन राजदूत A leksei novikov र रुसको Lanta बैंक र Moscow Industrial bank का आधिकारीले तत्कालिन उर्जामन्त्री वर्षमान पुनलाई भेटी रुसले नेपालको जलबिद्युत क्षेत्रमा लगानी गर्न चाहेको इच्छा व्यक्त गरेका थिए । उनीहरुले दुधकोशी १०५ मेघावाट मादी ८६ मेगावाटसँगै १० हजार मेघावाट सम्म बिद्युत उत्पादनका क्षेत्रमा रुसले लगानी गर्नसक्ने बताएका थिए । जो नेपालको जलबिद्युत क्षेत्रको अन्तरराष्ट्रिय प्रतिबद्धता मध्ये प्रमुख रहेको छ ।
भौतिक पुर्वाधार र यातायात
नेपालको जीबनरेखाको रुपमा परिचित पुर्व—पश्चिम राजमार्ग सबै भन्दा महत्वपुर्ण राजमार्ग हो । यो राजमार्ग बनाउन पनि अन्य मित्रराष्टले जस्तै रुसले सहयोग गरेको थियो । पुर्व—पश्चिम राजमार्गको पथलैया ढल्केबर सडक खण्ड रुसकै सहयोगमा बनेको हो । दुईवर्ष अघि अर्थात सन् २०२० को डिसेम्बरमा रुसी रेलवे कर्पोरेशनका अधिकारी र तत्कालिन नेपालका लागि रुसी राजदूत Alekesi A Novikov ले तत्कालीन यातायात मन्त्रीलाई भेटी आफूहरुले नेपालमा मेट्रोरेल सञ्चालनका लागि लगानी गर्न चाहेको बताएका थिए । जो नेपालको बिकासको लागि रुसले देखाएको उदारता हो भने बिकास प्रतिको उसको प्रतिबद्धता पनि हो ।
उद्योग धन्दा
नेपाली अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको कृर्षी र कृर्षीमा आधारित उद्योग सुरुवात गर्न पनि रुसको महत्वपुर्ण सहयोग रहेको छ । जनकपुर चरोट कारखाना, बीरगन्ज चिनी कारखाना, रोजीन एण्ड टरपेन्टायल र कृर्षी सामाग्री संस्थान स्थापना गर्न रुसको महत्वपुर्ण सहयोग थियो । सन् १९६५ मा रुसको सहयोगमा स्थापना गरिएको जनकपुर चुरोट कारखाना २०४६÷०४७ साल पछिको राजनीति परीवर्तन सँगै राजनीतिक हस्तक्षेप र व्यवस्थापकिय कमजोरीका कारण कारखाना बन्द भए पनि बन्द हुँदाको दिनसम्म ९०० जना श्रमिक लाई रोजगारी दिएको थियो । त्यस्तै बीरगन्ज चिनी कारखाना पनि रुसकै सहयोगमा स्थापना गरिएको थियो । सन् १९५८(वि.ंसं २०१५) मा तत्कालिन नेपालका राजा महेन्द्र बीर विक्रम शाहले रुसको भ्रमण गर्दा नेपालमा रुसले चिनी कारखाना स्थापना गर्न सहयोग गर्ने सहमति भएको थियो । सोही सहमति अनुरुप चिनी कारखाना स्थापना गरी सन् १९६४ ( वि.स. २०२१ माघ १८ ) गतेबाट सञ्चालनमा आएको थियो । सुरुमा वार्षिक ९० हजार क्वीन्टल चिनी उत्पादन गर्ने कारखानाले विस. २०३४ मा स्तरउन्नोती गरेपछि वार्षिक १३५ हजार क्वीन्टल चीनी उत्पादन गर्दथ्यो । दक्षिण एशियामै चर्चित उक्त कारखानाबाट उत्पादित चिनी भारत र बंगलादेशमा समेत निर्यात हुन्थ्यो । बारा, पर्सा, रौतहट, सर्लाही सहित मधेसका जिल्लाका किसानको आर्थिक उन्नतिमा टेवा दिएको बिरगञ्ज चीनी कारखाना पनि अहिले बन्द छ । २०४८ सालसम्म नाफामा रहेको सो चीनी कारकाखाले २०४८ सालमा ४ करोड राजस्व तिरेको थियो । त्यसपछि कारखानामा राजनीति हस्तक्षेपका कारण ओरालो लाग्दै गयो । बिसं २०४९ फागुनमा बन्द भयो । बन्द हुने समयसम्म पनि कारखानामा एक हजार भन्दा बढि श्रमिक कार्यरत थिए । यसैगरी कृर्षी प्रधानदेश नेपालका किसानलाई चाहिने कृर्षीमल, बिऊ, कृर्षी रसायन तथा कृर्षी औजारहरु आयतगरी सर्बसुलभ मुल्यमा किसानलाई उपलब्ध गराउने उद्देश्यले स्थापित कृर्षी सामाग्री संस्थान पनि रुसकै सहयोग स्थापना गरिएको हो । सन् १९६५ मा रुसको सहयोग स्थापित कारखाना बि.सं. २०५३ मा सरकारको पुर्ण स्वामित्वमा लियो । त्यसपछि यसलाई कृर्षी सामाग्री कम्पनी र राष्ट्रिय बिउ बिजन कम्पनीमा विभाजन गरियो । यद्यपी बिसं २०७५ पछि भने दुवै आससमा मिलाइएको छ ।
शिक्षा ः
नेपालको शिक्षा क्षेत्रमा पनि रुसी सहयोग उल्लेख छ । खासगरी रुसमा नेपालका विद्यार्थीले इन्जिनियरिङ, कानून र मेडिसिन शिक्षा लिएका छन् । तत्कालिन सोभियत रुसमा कोही छात्रबृत्ति पाएर कोही आफ्नो निजी खर्चमा उच्चशिक्षाको लागि जाने गरेका थिए । तत्कालिन सोभियत संघ नेपाली बिद्यार्थीको प्रमुख गनतब्य थियो । बैज्ञानिक र प्राबिधिक शिक्षाको प्रयाय तत्तकालिन सोभियत संघ र हालको रुस नेपाली समाजमा स्थापित तथ्यको रुपमा रहेको छ । यसले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान दिएको छ । अहिले पनि रुसमा पढ्न जाने क्रम बढ्दो छ । भने वर्तमान रुसले पनि सन् १९९२ देखि इन्जिनियरिङ र चिकित्सा बिज्ञान क्षेत्रका विद्यार्थीलाई छात्रबृत्ति दिने गरेको छ । रुसबाट इन्जिनियरिङमा डिग्री गरेका इन्जिनियरको संख्या नेपालमा सबै भन्दा धेरै रहेको छ ।
व्यापार ः
नेपाल र रुस बिच अन्य सम्बन्धका अतिरिक्त व्यापारीक र सांस्कृतिक सम्बन्ध पनि विशेष रहँदै आएको छ । नेपालबाट रुसमा चिया, काँचोछाला, नेपाली कागज र हातबाट बनेको कटनका कपडाहरु निर्यात हुने गरेको छन् । रुसबाट नेपालमा विभिन्न प्रकारका तेल, मिनिरल ,केमिकल र डाइग्नोसिसमा प्रयोग हुने मेडिकल किटहरु आयत हुने गर्दछन् ।
दुईपक्षिय भ्रमण
आपसी कुटनितिक सम्बन्ध स्थापना भएपछि नेपाल रुस बीच उच्च स्तरीय भ्रमण पनि निरन्तर भइरहेका छन् । पछिल्ला वर्षहरुको कुरा गर्ने हो भने नेपालबाट सन् २०१९ को डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नेतृत्वको टोली रुसको भ्रमणमा गएको थियो । त्यसबेला पराष्ट्रमन्त्री ज्ञवालीले रुसका विदेशमन्त्री सरगेई भ्रोभसँग भेट गर्नु भएको थियो । त्यसबेला सैन्य क्षेत्रमा प्रयोग हुने प्रविधि र उपकरण रुसबाट ल्याउने बिषयमा पनि कुराकानी भएको थियो । त्यस्तै रुसमा बनेको  M—17 सेभेन्टिन हेलिकप्टर नेपालको हिमाली भुभागमा उडान गर्न उचित हुने भएकोले नेपालले खरिद गर्ने बिषयमा छलफल भएको थियो । त्यस्तै सन् २०१९ मे १३—१८ सम्म भएको संवैधानिक स्वतन्त्रता र विश्वव्यापी मुल्यमान्यता बिषय कार्यक्रममा भागलिन नेपालका प्रधानन्यायधिस चोलन्द्र शमसेर जबरा रुस जानु भएको थियो । यसअघि सन् २०१७ मा पनि तत्कालिन प्रधानन्याधिस गोपाल पराजुली पनि रुस जानु भएको थियो ।
रुसी पक्षबाट भने सन् २०१८ को फेब्रअरी २७—२८ मा Yekaterinburg Region का भ्वाईस गर्भनर एलेक्एन्डर भि वाइसोकिन्सकी, Mr Alexander vYsokinskyले नेपाल भ्रमण गर्नु भएको थियो । त्यसैगरी रुसी उर्जा मन्त्रालयका अन्र्तराष्ट्रिय उर्जा सम्बन्धि संस्थाका डाईरेक्टर Mr ilya B. Galkin ले सन् २०१३ अगस्टमा नेपाल भ्रमण गर्नु भएको थियो भने २००३ मा रुसी विदेश मामिला मन्त्रालयका एशिया तथा तेस्रो विश्व र हेर्न विभागका प्रमुख ःMr. Gleb A. Ivashentsov ले पनि नेपाल भ्रमण गर्नु भएको थियो । यस्तो दिपक्षिय भ्रमणले नेपाल रुस सम्मवन्धलाई सरकारी ,गैरसरकारी र जनता बिचको सम्बन्ध स्थापनामा सहयोग गरेको छ ।
यसरी हेर्दा नेपाल र रुस बीचको आपसी सम्बन्ध यो ६५ वर्षमा झनै मित्रवत बन्दै भएको छ । भुगोल, सैन्य शक्ति विज्ञानप्रविधि, कला साहित्यमा विश्वको शक्तिसाली देश रुसले आफ्नो शक्ति मजबुत भएका बेला नेपालको आन्तरिक मामिलामा कहिल्यै अनावश्यक हस्तक्षेप गरेन । नेपालको असंलग्न परराष्ट्र नीतिलाई सधै सम्मान गर्दै नेपाललाई सहयोग गर्दै आएको छ । आफू शक्तिमा हुँदा रुसले नेपाललाई हेप्ने होइन झनै बढि सहयोग र मायाँ गरेको छ । नेपाल र रुसको आपसी सम्बन्धको इतिहास हेर्दा लाग्दछ रुस जतिबलियो हुन्छ नेपालप्रति त्यतिनै बढि सहयोगी र मित्रवत व्यवहार प्रदर्शन गर्दै जान्छ । रुसको यो व्यवहार र सहयोगी भावनाको सरहना र सम्मान नेपालभित्र ब्याप्त छ । रुस नेपाल सम्बन्ध आगामी दिनमा अझ बढी परिष्कृत ,उत्कृष्ट र सफल हुने छ ।
लेखक ,नेपालीपत्र साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *