पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौँ, २३ भदौ । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा चार चौका हाने ।
नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक एक छक्का र चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई÷दुई तथा नोसिना पोकानाले एक विकेट लिए ।
यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटे भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई÷दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गर्नुभएका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।
यसैगरी, नेपालले दुई खेलको ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दा सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् । नेपालले २ विकेटको जित हासिल गर्दा सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कसिलो बलिङ गर्दै विकेट समेत लिएपछि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । सन्दीपले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चार्ल्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सन्दीपले १२ औं ओभरको पाँचौं बलमा चार्ल्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । उनैले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए ।
सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो । अन्तिम विकेटका रुपमा सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए ।
सन्दीपसँगै नेपालका लागि डेब्यु गरिरहेका विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । उनले आफ्नो ओडिआई करिअरकै पहिलो बलमा विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिएका थिए ।
त्यसपछि जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । एक समय ८२–७ को स्थितिमा पुगेको नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीले संयमित ब्याटिङ गर्दै जितसम्म डोर्याएका थिए ।
जित हासिल गर्नुभन्दा एक बल अघि आउट भएका रोहितले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चन्द सोपरले कुशल भुर्तेललाई १५ रनमा एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाए । कुशलले २८ बलमा २ चौका प्रहार गरे । त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि समस्यामा परेको थियो ।अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । राभूको १७ औं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट ६ रनमा क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा पुगेको थियो ।
पाँचौ विकेटका रुपमा शरद भेषावकर ६ रनमा क्याच आउट भएका छन् । शरद नोसैना पोकना बलमा क्याच आउट हुन पुगेका थिए । टोका २८ औं ओभरको पाँचौं बलमा कुशल मल्ल एक रनमा स्टम्पिङ आउन हुन पुगे । लगत्तै अर्को बलमा पवन सरार्फ गोल्डेन गक आउट हुँदा नेपाल २८ ओभरमा ८२–७ को संकट अवस्थामा पुगेको थियो । पिएनजीका गौडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो । यी दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *