४९ लाख ६२ हजारले पूर्ण मात्राको खोप लगाए

 


काठमाडौँ, २२ भदौ । नेपालमा अहिलेसम्म ५५ लाख ७३ हजार ४१९ पहिलो मात्रा खोप र ४९ लाख ६२ हजार ७५९ पूर्ण मात्राको खोप लगाएका सकेका छन् । सोमबार १ लाख ७ हजार २७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण सोमबार एकै दिन एक हजार ८९७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा सङ्क्रमण देखिएको हो ।
सक्रिय सङ्क्रमित ३० हजार ९७३ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । यस्तै सोमबार एक हजार ७४३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २८ हजार ९२८ सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.६ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट सोमबार २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८५८ जनाको ज्यान गएको छ । नेपालमा प्रति दस लाखमा ३६६ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ५१२ जना सघन उपचार कक्ष (आइसीयु), एक सय ६३ भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेशन, दुई हजार ६२ संस्थागत आइसोलेशन र २६० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा १९ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला रहेका छन् । नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
यसैगरी, सोमबार प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा सात, इलाममा पाँच, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो ।
प्रदेशमा सोमबार ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जना महिलासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उता, सुदूरपश्चिममा प्रदेशमा सोमबार थप ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *