“अठार वर्ष पैतालिस किलाे,रक्तदान गर्न नगराैं ढिलो” बाेलकाे रक्तदान जागरण गीत लाेकार्पण

 

काठमाडौँ, २० भदौ ।  नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज बागबजार स्थित हाेटल हार्दिककाे सभामा “अठार वर्ष पैतालिस किलाे,रक्तदान गर्न नगराैं ढिला” बाेलकाे रक्तदान जागरण गीत एक बिशेष समाराेह बीच लाेकार्पण गरियाे । आमन्त्रितहरूकाे स्वागत गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नम्बर २० नगर समितिद्वारा तयार परिएकाे नेस्वरस स्वयंसेवी ज्याकेटकाे नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले लाेकार्पण गर्दै स्वयंसेवीहरूलाई पहिरहन दिएका थिए ।
आमन्त्रितहरू सबैकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक,डा. रूणा झा अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस साेसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा,रिलायन्स फाइनान लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस साेसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार रहनु भएको साे कार्यक्रममा रक्तदान कार्यक्रम समेत आयाेजना गरिएकाे थियो ।
रक्तदान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई विशेष अतिथि,अतिथिहरू एवं कार्यक्रमका सभापति स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा-पत्र बितरण गर्नुभएको थियो ।
लाेकार्पण गरिने गीतकाे धुनलाई संगीत संयाेजन गर्नुहुने मनाेहर सुनामद्वारा सेक्साेफाेन मार्फत बजाई कार्यक्रमकाे शुभारम्भ गरिएको उक्त कार्यक्रममा संगीतकार तथा गायक यमन श्रेष्ठ र गायिका निशा देसारले –
“अठार बर्ष पैंतालीस किलो
रक्तदान गर्न नगरौँ ढिलो
खुशीका साथ शुभारम्भ गरौँ
जीवन रक्षार्थ रक्तदान गरौँ !

भन्न सकिन्न, कुन बेला कसलाई
चाहिन सक्छ रगत हामी जो कसैलाई
हाम्रो रगतले बच्छ कसैको ज्यान
रक्तदानलाई बनाऔँ आफ्नो अभियान
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान,रक्तदान,रक्तदान  गरौँ !

रक्तदान नै जीवनदान हो
जीवन बचाउनु हाम्रो काम हो
शुभकार्यमा ढिला नगरौँ
जाऊँ साथी आजै,अहिलै रक्तदान गरौँ
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान,रक्तदान,रक्तदान गरौँ !

शब्दकाे गीत ट्रयाकमा प्रत्यक्ष गाएर लाेकार्पण गरिएको थियो । साे समारोहलाई celebration पटका पट्काएर उत्सवकाे रूपमा परिणत गरिएको थियो ।
त्यसैगरी रक्तदान जागरण गीत “अठार वर्ष पैतालिस किलाे,रक्तदान गर्न नगराैं ढिला” शब्द रचना गर्नुहुने स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य,संगीत एवं स्वर यमन श्रेष्ठ र गायिका निशा देसार,संगीत संयाेजन मनाेहर सुनाम,रेकर्डिष्ट एवं मिक्सिङ्ग भाेला पाैडेल,काेरस गायिका सुष्मा लिम्बू र दीपातामाङ्ग, सारंगी बादक हेमन्त कान्छा रसाइली,धिमे/खीं/भुस्या: बादक लक्ष्मी डंगाेल र बाँसुरी बादक गोपाल देव घतानीलाई धन्यवाद पत्र प्रदान गरि सार्वजनिक तवरले धन्यवाद प्रदान गर्नुभएको थियो ।
अन्त्यमा उपस्थित विशेष अतिथि अतिथिहरूलाई मायाको चिनो कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रकदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यबाट प्रदान गरिएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *