नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सम्मान प्रदान

काठमाडौं, १६ भदौ ।  ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाकाे २२ अाैं बर्ष एक बिशेष समाराेह बीच हिजाे साँझ ५ बजे शुरू भई राति ८ बजे हाेटल हार्दिकमा सम्पन्न भएको छ ।
उक्त सहकारीको स्थापना दिवसकाे उपलक्ष्यमा १६७ अाैं पटक रक्तदान गरि सक्नुभएका सर्वाधिक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब बडालले ताम्रपत्रकाे सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलकाे माला पहराई,कस्मिराकाे सल अाेढाएर बिशेष सम्मान गर्नुभएको थियो । साथै ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक निर्देशक लक्ष्मण न्याैपानेले सम्मानित स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रू. ५०,०००/-(रूपैञा पचास हजार) काे चेक हस्तान्तरण गर्नुका साथै ब्राईट सहकारीका मोति घीमिरेले कस्मिराकै गलबन्दि लगाई सम्मान गर्नुभएको थियो । अन्य दुई ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सदस्यहरु मध्ये विनोद गिरी र नवराज के.सी.ज्यू पनि सम्मानित हुनु भएको साे कार्यक्रममा हाेटल हार्दिकका सञ्चालक एवं कश्मिरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेप्रसाद पाण्डे,बालकुमार बास्तोला,सन्ताेष पाण्डे र सुरेश घिमिरे अतिथिहरू रहनु भएकाे थियो । डा. घनश्याम खतिवडाद्वारा सञ्चालित उक्त कार्यक्रम रात्री भाेजमा परिणत भई समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *