नेपालविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने अमेरिका टोली घोषणा


काठमाण्डौ, १३ भदौ । (एजेन्सी) अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । डेढ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ ।
अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२० फेब्रुअरीमा नेपालमा त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । नेपाल र ओमानसँग दुइ दुई खेलमा पराजित हुँदै जित बिहिनका साथ स्वेदश फर्किएको थियो । त्यसपछि कोरोना महामारीको कारण खेल हुन सकेको थिएन । नेपालसँग दोस्रो ओडिआई खेलमा अमेरिका मात्र ३५ रनमा अल आउट भएको थियो ।
अमेरिका जेसि सिंह र जसकरण मल्होत्राले टोलीमा पूनरागमन गरेका छन् । चार नयाँ अनुहार छन् । गजानन्द सिंह, अभिषेक पराडकर, डोमिनिक रिखी र सुशान्त मोदानी डेब्यू गर्ने नाम रहेका छन् । वेस्टइन्डिजका पूर्व ब्याट्सम्यान जेभियर मार्शल, भारतीय मूलका तिमिल पटेल र अक्षय हेमराज टोली पर्न सकेनन् । त्यस्तै नेपाल भ्रमणमा आएका ईयान होल्यान्ड, क्यामरन स्टिभन र रस्टी थेरन व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका छन् ।
अमेरिका विश्वकप लिग–२ मा १२ खेलमा ६ मा जित र ६ मा हार सहित दोस्रो स्थानमा छ । अमेरिका लक्ष्य शीर्षस्थानमा फर्किने हुने छ ।अमेरिका टोली ः सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी र काइल पिलिप (वैकल्पिक)
नेपालको टोली ः ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।
विश्वकप लिग २ अंक तालिका
ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।
यसैगरी, नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् ।
बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै उनले नयाँ इतिहास रचेकी छिन् । फ्रेडरिक टि२० आई क्रिकेट इतिहासमा ७ विकेट लिने पहिलो बलर बनेकी छिन् । यसअघि महिला र पुरुष दुबै टि२० आई इतिहासमा एकै खेलमा सर्वाधिक विकेट ६ थियो ।
फ्रान्सलाई ३३ रनमा अल आउट गर्न २१ वर्षिय फ्रेडरिकले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ७ विकेट लिएकी छिन् । जुन टि२० आई महिला र पुरुष दुबै क्रिकेटको एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन हो । फ्रान्सका पाँच खेलाडीले खाता खोल्न सकेनन् । कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि २०१९ डिसेम्बरमा अन्जलीले २.१ ओभरमा एक ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिएकी थिइन् । पुरुष क्रिकेटको टि२० आईमा उत्कृष्ट प्रदर्शन भारतीय तीव्र गतिका बलर दीपक चाहरको नाममा छ । चाहरले २०१९ बंगलादेशविरुद्ध ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए ।
घरेलु टि२० खेलमा २०१९ मा कोलिन एकरमनले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता टि२० ब्लास्टमा लिसेस्टरशायरबाट बर्मिंघम बिअर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ७ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *