सक्रिय सङ्क्रमितको सख्या ३६ हजार

काठमाडौँ, १३ भदौ । देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित रहेका छन् । शनिबार एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै शनिबार दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । शनिबार सङ्क्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् । सघन उपचारकक्ष (आइसीयू)मा ६१५, भेन्टिलेटरमा १७४, होम आइसोलेशनमा ३३ हजार ८३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३४६ जना रहेका छन् । नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका छन् ।
प्रदेशमा सो अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । मृत्यु हुनेमा नवलपरासीपूर्वका पाँच, कास्कीका चार र स्याङ्जाका एक जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २८४ जना पुगेको छ ।
निर्देशनालयका अनुसार पदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या तीन हजार ६९८ छ भने होम आइसोलेशनमा तीन हजार १८३ जना रहेका छन् । प्रदेशमा हालसम्म कूल तीन लाख छ हजार ५०४ जनाको कोरोना परीक्षण गरिएकामा ८० हजार ८७८ जना सङ्क्रमित फेला परेको र ७५ हजार ८९६ जना निको भएको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *