टि२० विश्वकप एसिया छनोटको लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं, ८ भदौ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि बन्द प्रशिक्षणमा २४ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी नोभेम्बरमा मलेसियामा हुने खेलको लागि सोमबार टोली घोषणा गरेको हो ।
२०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले ग्लोबल छनोटको लागि मलेसियामा एसिया छनोट खेल्ने छ । घोषणा टोलीमा अनुभवी खेलाडी विनु बुढामगरले पूनरागमन गरेकी छिन् । उनी पछिल्लो पटक २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा थिएनिन् । नेपालमा टोलीमा एकदशक देखि छैनिन् । एपिएफकी बिुन बुढामगरले चैतमा भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको साथ ५ खेलमा ६६ रन खर्चेर १० विकेट लिँदै उत्कृष्ट बलर घोषित भएकी थिइन् ।
क्यानले पछिल्ला दुई घरेलु क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेट र ललितपुर मेयर्स वुमन्स च्यापियन्सपसिप प्रतियोगिता प्रदर्शनको आधारमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा लुम्बिनी प्रदेशकी सरस्वती जिएम, प्रदेश २ का अनुराधा चौधरी, बागमती प्रदेशकी कन्चन श्रेष्ठ लगायतका युवा ब्याटर रहेका छन् ।
आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट आगमी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुने छ । प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र यूएई गरि आठ देशको सहभागीता हुने छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले एसिया छनोट खेल्ने छ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि स्थान बनाउने छन् । नेपाली महिला क्रिकेट टोली पनि पहिलो विश्वकप खेल्ने लक्ष्यमा छ ।
नेपाली महिला टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् । पछिल्लो समय गत पुषमा दाङको लमहीमा टि२० राष्ट्रिय प्रतियोगिता भएको थियो । चैतमा काठमाडौंमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिता भएको थियो ।
बन्द प्रशिक्षणमा परेका महिला टोली ः रुबिना क्षेत्री बेलबासे, काजल श्रेष्ठ, ईन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जिएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याति पाण्डे, बिनुु बुढामगर, करुणा भण्डारी र सरिता मगर रहेका छन ।
यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ ।
गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुल्ला गर्ने निर्णय लिएका थिए । जसमा पाँच सय भन्दा बढी सहभागि रहेका थिए । जर्सी डिजाइनका छनोट समितिका नेपाल क्रिकेट संघ म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहने थिए । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको क्यानले जनाएको छ ।
उत्कृष्ट डिजाइन गरेका आदर्श पोखरेलले नगद एक लाख रुपैयाँ पाएका छन् । जर्सीमा रातो र निलो रङ्ग प्रयोग भएको छ । सगरमाथा पनि रहेको छ । नेपाल भदौ ८ मा ओमान भ्रमणमा निस्कने छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई खेल सेप्टेम्बर पाँच र आठमा खेल्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *