कांग्रेस र भाजपाबीच सम्बन्ध विस्तार

काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको छ । आइतबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी(भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गरेका छन ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको होे । सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको छ । दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *