बिद्यार्थीहरूद्वारा बिशेष रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, ५ भदौ । कोभिड ( १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगर समितिको संयोजन एवं व्यवस्थापनमा काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा एक बिशेष रक्तदान कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य,स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा। मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्तका प्रमुख डि।एस।पी। डिलबहादुर मल्लले समेत स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा(पत्र बितरण गर्नु भएको थियो ।
सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गर्नुभएको सो रक्तदान कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गर्नुभएको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकारले सभापतित्वको भूमिका निभाउनु भएको थियोे । साथै कार्यक्रमको संयोजकमा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्रा युनिशा महर्जन रहनुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *