कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुग्यो

 


काठमाडौँ, ३१ साउन । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ । शनिबार थप २० जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् ।
हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी, शनिबारमा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६४५ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष छन् । सो अवधिमा तीन महिलासहित सात जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *