दूतावासका कर्मचारीको कारण ३४ युवा अलपत्र

काठमाण्डौ, ३१ साउन । कतार स्थित नेपाली दूतावासका कार्मचारीहरुको कारण ३४ जना युवाहरु अलपत्र परेका छन । ३४ जना कामदार पठाउन आँफैले प्रमाणिकरण गरिदिएको कतार दूतावासले मेनपावरलाई जानकारी नदिई रद्ध गर्दा ३४ जना युवा अलपत्र परेका हुन ।
विदेश स्थित दूतावासका कर्मचारीहरु कसरी अबैधानिक काममा सम्लग्न हुन्छन् भन्ने तथ्य बुझ्न कतार स्थित नेपाली दूतावासलाई हेरे पुग्छ । यति वेला कतार स्थित नेपाली दूतावासका कार्मचारीहरु कसरी अबैधानिक काम गरेर धन आर्जन गरीरहेका छन् भन्ने तथ्य सार्वजनकि भएको छ ।
कतार यस्तो मुलुल हो जहाँ लाखौं नेपाली श्रमिकहरु कार्यरत छन् । तीनै श्रमिकले पठाएको रेमिट्यान्सले नेपालको अर्थ तन्त्रमा टेवा पुगेको छ । तीनै श्रमिकहरुको सहजिकरणका लागि सरकारले कतारमा नेपाली दूतावास स्थापना गरेको हो । त्यहाँ दैनिक जसो ठुलो संख्यामा कुनै न कुनै समस्या लिएर नेपाली श्रमिकहरु दूतावास पुग्ने गरेका छन् । तर दूतावासका कर्मचारीले समस्याको समाधान गर्नुको साटो दुःख दिने गरेका छन् ।
कतार जाने जति पनि नेपाली श्रमिकहरु छन् उनिहरको प्रवेश गर्ने बाटो कतार स्थित नेपाली दूतावासले प्रमाणिकरण गरेपछि मात्रै प्रवेश पाउँछन् । त्यहाँको सम्बन्धित कम्पनीले लान चाहेको कामदारको माग दूतावासले प्रमाणिकरण गर्नु पर्ने कानुनी व्यवस्था छ । दूतावासले प्रमाणिकरण गरे पछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिएर मेनपावर कम्पनीले श्रमिक पठाउने गर्छन् । यसै क्रममा कतारको टुरकोइज त्ग्च्त्तइक्ष्क्भ् कम्पनीले नेपाल स्थित विनामाई इन्टरनेशनल प्रा.लि. लाइ ३४ जना नेपाली कामदार माग गरी प्रमाणिकरणका लागि १ मार्च २०२१ मा दूतावासमा उक्त कम्पनीले माग गर्यो । १ मार्चमा दूतावासमा पुगेको पत्र २५ मार्च २०२१ मा दूतावासले प्रमाणिकरण गरिदियो ।
दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई मेनपावरलाई नेपाली श्रमिक पठाउने बाटो खुल्यो । सोही अनुसार विनामाई मेनपावरले २६ मार्च २०२१ का श्रम विभागबाट श्रम स्वीकृती लियो । त्यसलगतै नेपाली राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेर दक्ष जनशक्ति छनोट गरी दुई सातामै ३४ जना नेपाली युवाको सूचि टुरकोइज त्ग्च्त्तइक्ष्क्भ् कम्पनीलाई विनामाई मेनपावरले सूचि पठायो । त्यसको केहि दिनपछि विनामाई मेनपावरले रोजगार दाता कम्पनीसँग उडान निश्चितताको लागि सम्पर्ग गर्यो । तर त्यो बीचमा ठुलो खेल भइसकेको थियो ।
रोजगार दाता कम्पनी टुरकोइज त्ग्च्त्तइक्ष्क्भ् ले नेपाली दूतावास मार्फत प्रमाणिकरण गरेर नेपालकै अर्को मेनपावर कम्पनी सारोनलाइ उक्त ३४ जना कामदार पठाउने पत्रमा प्रमाणिकरण गरिसकेको रहेछ । सारोन कम्पनीले रोजगार दाता कम्पनी र नेपाली दूतावासका कर्मचारीलाई आर्थिक लाभ पुर्याएपछि दूतावासले विनामाई मेनपावरलाई पहिला नै प्रमाणिकरण गरिसकेको भएपनि पुनः दोस्रो कम्पनी सारोनलाई प्रमाणिकरण गरिदिएको पाइएको छ । जवकी एउटा कम्पनीलाई कामदार पठाउने पत्रमा प्रमाणिकरण गरिसकेपछि अर्को कम्पनीलाई पुनः प्रमाणिकरण गर्नु कानुनले गलत ठहर्छ । तर कतार स्थित नेपाली दूतावासका कर्मचारी आर्थिक प्रलोभनमा परी आफ्नो अधिकार भन्दा बाहिर गएर पदको दूरुपयोग गरीरहेका छन् ।
३४ जना कामदार पठाउन आँफैले प्रमाणिकरण गरिदिएको दूतावासले रद्ध गर्दा विनामाई कम्पनीलाई मौखित वा लिखित कुनै जानकारी गराएको छैन । उसले कुनै जानकारी विना सेरोन मेनपावरलाई कामदारको माग पठाउने जिम्मा दिएको पाइएको छ ।
दूतावासले एउटा कम्पनीलाइ प्रमाणिकरण गरिदिएको पत्र विना कारण अर्को कम्पनीलाइ दिन कानुनी रुपमा पाइँदैन । तर कतार स्थित नेपाली दूतावासका कार्मचारीले विनामाई कम्पनीलाइ कुनै जानकारी बिनै अर्को कम्पनी सेरोनलाई कामदार पठाउने जिम्मा दिएको छ । सोहि विषयमा यथार्थ जानकारी गराउन बैदेशिक रोजगार विभागले दूतावासलाइ पत्र काटेको थियो । तर दूतावासले पत्रको जवाफ पनि झुटो दिएको छ । उसले विभागमा पूर्व जानकारी गराएर सेरोन मेनपावलाई कामदार पठाउन प्रमाणिकरण गरिदिएको बताएको छ । तर सोहि सम्बन्धमा दूतावासले विभागलाई कुनै पनि जानकारी नगराएको जनाएको छ । उसले विनामाई मेनपारको लापरवाही र कमजोर सेवा रहेको कारण अर्कै कम्पनीलाइ कामदारको माग दिएको दावी गरेको छ । जब की रोजगार दाता कम्पनीलाइ विनामाई मेनपावरले १५ दिनमै नेपाली कामदारको सूचि पठाएको थियो ।
यता रोजगार दाता कम्पनीले पनि विनामाई मेनपावरलाइ झुटो जवाफ दिएको छ । उसले कम्पनीको छाप र हस्ताक्षर आफ्नो नभएको दावी गरेको छ । तर उसको आफ्नै दावीसँग बाझिने गरी नेपाल स्थित कतार दूतवासलाई पत्र पठाएको पाइएको छ । उनले दूतावासलाइ विनामाई मेनपावरको लापरवाही र कमजोर सेवामाथि प्रश्न उठाएको छ । विनामाई मेनपावलले विभिन्न मुलुकमा दुई दसक देखि नेपाली कामदार पठाउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *