नेपालमा कोरोना निको हुने दर ९३.६ प्रतिशत

 


काठमाडौँ, २८ साउन । नेपालमा कोरोना निको हुने दर ९३.६ प्रतिशत रहेको छ । बुधबार एक हजार ८८५ निको भई घर फर्किएका छन् । योसँगै कुल ६ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् ।
बुधबार तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । बुधबार सङ्क्रमणर दर २४ प्रतिशत रहेको छ ।
यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियु), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । बुधबार थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ सङ्क्रमितको सङ्ख्या पुगेको छ । उपत्यकामा ९४६ काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् ।
यसैगरी, बुधबार प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२ को पिसिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो सोही अवधिमा प्रदेशमा बुधबार ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *