एएफसी महिला एसियन कप छनोटको खेल नेपालमा नहुने


काठमाडौं, २४ साउन । नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सहभागी अन्य राष्ट्रले यसबारे एएफसीलाई लेखेपछि एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु नेपालमा आयोजना नहुने भएको छ । एएफसीले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’ को खेल नेपालमा हुने भनिएको थियो । तर अहिले भने प्रतियोगिता नेपालबाट सर्ने भएको छ ।
नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सहभागी अन्य राष्ट्रले यसबारे एएफसीलाई लेखेपछि खेल सर्ने भएको बुझिएको छ । आयोजना गर्न नपाउने भन्नेबारे एन्फालाई जानकारी भइसकेको बुझिएको छ । एएफसीले आफ्नो वेबसाइटबाट पनि खेल हुने स्थान र मिति तय हुन बाँकी रहेको जनाएको छ । यसै साताभित्र नयाँ खेल स्थलबारे जानकरी दिइने बुझिएको छ ।
यसअघि छनोटबाट उत्तर कोरियाले सहभागिता जनाउन नसक्ने भन्दै नाम फिर्ता लिएको थियो । त्यस्तै तुर्कमेनिस्तानले पनि शुक्रबार एएफसीलाई सहभगिता जनाउन नसक्ने भन्दै जानकारी दिएको छ । अब यी राष्ट्र सम्मिलित दुवै समूहमा ३–३ राष्ट्र बाँकी रहेका छन् ।
नेपालजस्तै बंगलादेशमा पनि छनोट चरणका खेल नहुने भएका छन् । एएफसीले अब न्युट्रल भेन्युमा अन्य समूह जस्तै नेपालको खेल गराउने तयारी गरिरहेको छ । ८ समूहमा प्रतिस्पर्धा हुने छनोटबाट शीर्ष टोलीहरु अन्तिम चरणमा प्रवेश गर्नेछन् ।
एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १–० र १९८९ मा ३–० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित गरेको थियो ।
नेपाली टोलीले हाल प्रतियोगिताको तयारीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स यसै साता प्रशिक्षणमा फर्किसकेका छन् । सुरुवाती केहि साता सहायक प्रशिक्षक अरुणा गुरुङ, चेतन घिमिरे, भगवती थापा र श्रीप्रकाश वैद्यले टोलीको प्रशिक्षण हेरेका थिए ।
समूह विभाजन ःसमूह ए ः चाइनिज ताइपेइ (आयोजक), बहराइन, लाओस,समूह बी ः भिएतनाम, ताजिकिस्तान (आयोजकबाट फिर्ता), माल्दिभ्स, अफगानीस्तान,समूह सी ः सिंगापुर, इराक, इन्डोनेसिया (आयोजकबाट फिर्ता),समूह डी ः म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान,समूह ई ः दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजकबाट फिर्ता), मंगोलिया,समुह एफ ः फिलिपिन्स, हङकङ, नेपाल (आयोजकबाट फिर्ता),समूह जी ः जोर्डन, इरान, बंगलादेश (आयोजकबाट फिर्ता),समूह एच ः थाईल्यान्ड, प्यालेस्टाइन (आयोजक), मलेसिया रहेका छन ।
यसैगरी, नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले प्रशिक्षक जङ्गबहादुर थापालाइ सम्मान गरेको छ । शनिबार जिल्ला समन्वय समिति रुपन्देहीको पाँचौं वार्षिक साधारण सभाको अवसरमा एनसिसिएस रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो । विशेष गरि नेपालको लागि थुप्रै उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जिताउन सफल, भैरहवामा लामो समय देखि दिनरात क्रिकेट प्रतियोगिता तथा मैदानमै खट्दै आफ्नो जीवन समर्पण गर्नुको साथैं थुप्रै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ठूलो योगदान गरेको भन्दै एनसिएसएस रुपन्देहीले सम्मान गरेके हो ।
सम्मानपछि प्रशिक्षक थापले आगमी दिनमा काम गर्नको लागि थप हौसल मिलेको बताएका थिए । ‘मलालाई निकै खुसी लागेको छ । समर्थकहरुको नेपाली क्रिकेट प्रतिको माया सद्भावले नेपाली क्रिकेट थप उचाइमा पुग्न सहयोग गर्ने छ । साथै क्रिकेटमा लागेका व्याक्तिलाइ पनि आफ्नो काम गर्न निकै हौसला मिल्ने छ’, सम्मानपछि थापाले भने ।
यस्तै जिल्ला समन्वय समितिले लामो समय जिल्लाको नेतृत्वमा रहदै जिल्लालाई नयाँ उचाइमा पुर्याउनु ठूलो योगदान दिएका एनसिसिएस रुपन्देहीका सस्थापक अध्यक्ष तारा प्रसाद पाठक र साथै जिल्लाको हरेक सफलतामा सधै सक्रिय रहने सल्लाहकार राजु रानालाई पनि सम्मान गरेको छ।
कार्यक्रमका संयोजक मोहन ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाले वर्षभरी गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । , लुम्बिनी प्रदेश संयोजक सागर पङेनी, अर्घाखाँची संयोजक नारायण पान्डे र प्यूठान संयोजक रिखिराम जि.सी को उपस्थित कार्यक्रमको संचालन सचिव नारायण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *