बिशेष रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, २४ साउन । कोभिड – १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न÷गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै गःहिति,लैको,टौमढी,भक्तपुर नगरपालिका – ४ मा न्यातापोल कर्नर टीमको ३८औं वार्षिकोत्सबको उपलक्ष्यमा सेहि टिमद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बिशेष रक्तदान कार्यक्रमको आयोजना गरियो ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन गरिएको उक्त बिशेष रक्तदान कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष मुक्तिसुन्दर जधारीले गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४२ जनाले रक्तदान गर्नुभएको थियो । स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा–पत्र बितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *