कोरोनाभाइरसबाट ७२१९ जना संक्रमणमुक्त


काठमाडौं, १९, जेठ ।बुधबार थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०।८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *