नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना


काठमाडौँ, १ जेठ । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगर समितिले स्थानीय दमाई टोलमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका वडा नं. २० नगर समितिका अध्यक्ष राम रञ्जित र सचिब राजेश मानन्धर,नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका वडा नं.२४ नगर समितिका अध्यक्ष सुरेश सिलाकार,नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका वडा नं. २१ नगर समितिका अध्यक्ष सुमितदास रञ्जितकार र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाण्डौ महानगरपालिका वडा नं १९ का सल्लाहकार मिलन शाहीको बिशेष उपस्थितिमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
“बिकल्प रहित मानव रगत,यसैमा अडिएको छ सारा जगत“ यो सन्देशलाई चौतर्फि आत्मसाथ गर्दै रक्तदान कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता जनाउँदै आईरहेको वर्तमान अवस्था छ, । हाल बिश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न÷गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आएको छ ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर्न÷गराउँन गरिएको आह्वानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ÷संस्थाहरू जो कोहिको पनि प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला“ कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गीले बताउनु भयो ।प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर,योग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक,मास्क,पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गर्नुभएको थियोे ।बिहान ११ः०० देखि १ः०० बजेसम्म सञ्चालित सो आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३१ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *