शतक रक्तदाता कर्माचार्यलाई बिशेष सम्मान


काठमाडौँ, १ जेठ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवंस्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गरिएको छ । शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा स्थित सदस्यहरूद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठनार्थ एक भेलाको आयोजना गरि कर्माचार्यलाई सम्मान प्रदान गरिएको हो । कोरोना भाईरस कोभिड – १९ ले चौतर्फि आक्रान्त बनाउँदै “लकडाउन“को सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि काठमाडौं महानगरपालिका २० वडा अन्तर्गतको रञ्जित चुकःमा एक बृहत् अन्तर कृयात्मक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठन गरिएको छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गरिएको थियो । त्यसैगरि अतिथिको रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित र सोही वडा समितिका सचिव राजेश मानन्धरले आशण ग्रहण गर्नुभएको थियो ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता सुनित दास रञ्जितकारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष राजेश श्रेष्ठ,सचिव रिदेन महर्जन,कोषाध्यक्ष सुनिल महर्जन सदस्यहरूमा क्रमशः नबिना श्रेष्ठ, रूपक श्रेष्ठ,लुना चित्रकार, त्रिरत्न शाक्य, छोरीमैञा श्रेष्ठ, प्रेमशोभा शाक्य, प्रशान्त खड्गी र भावना महर्जनलाई सर्वसम्मत चयन गरिएको छ ।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगर समितिका नव गठित कार्यसमितिलाई संस्थाको लोगो अंकित बाय् ज लगाई,खादा पहराई बधाई ज्ञापन ब्यक्त गर्दै शपथ ग्रहण पनि गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *