कोरोनाबाट करिब दर्जन हाराहारीमा कलाकर्मी संक्रमित

काठमाडौँ,१ जेठ । कोरोनाको दोस्रो लहरबाट करिब दर्जन हाराहारीमा कलाकर्मी सङ्क्रमित भएका छन् । कोरोनाको दोस्रो भेरियन्टलबाट मात्र होइन यस अगाडिको लहरमा पनि थुप्रै कलाकार सिकार भएका थिए । यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ९ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका छन् । यो भेरियन्टबाट सेलिब्रेटी पनि अछुतो रहन सकेनन् । तीमध्ये कतिपयले यसलाई पराजित गरिसकेका छन् भने केही अझै लडिरहेका छन् । जसबाट कोही सजिलै उम्कन सफल भए भने केहीले मुक्ति पाउन ठूलो सङ्घर्ष गर्नुपरेको थियो ।कोरोनाको दुई लहर गरेर अहिलेसम्म दुई दर्जनभन्दा बढी सेलिब्रेटी (कलाक्षेत्रका व्यक्ति) सङ्क्रमित भएका छन् ।
दोस्रो लहरमा सङ्क्रमित हुनेमा मदनकृष्ण श्रेष्ठ (वरिष्ठ हास्यकलाकार) ः वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि कोरोना सङ्क्रमित भएका थिए । उनीलगायत उनको परिवारलाई गत वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी अहिले कोरोना मुक्त भइसकेका छन् । वर्षा राउत (अभिनेत्री) ः वर्षा राउत कोरोना सङ्क्रमित भएकी छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । उनी अहिले होम आइसोलेसनमा छिन् । केकी अधिकारी (अभिनेत्री) ः केकी अधिकारीलाई केही साता पहिले कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीमा कोरोना पुष्टि भएको थियो । अहिले उनी कोरोना मुक्त भइसकेकी छन् । ऋषि लामिछाने (निर्देशक) ः निर्देशक ऋषि लामिछानेमा गत २५ गते कोरोना सङ्क्रमण देखिएको हो । लामिछाने आफैले आफू कोरोना सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका८ हुन् । उनी अहिले होम आइसोलेसनमा छन् । सरिता लामिछाने (कलाकार) ः सरिता लामिछाने पनि केही दिनअगाडि कोरोना सङ्क्रमित भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी थिइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।

दीपक आचार्य (कलाकार) ः हास्यशृङ्खला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु) लाई केही दिनअगाडि कोरोना सङ्क्रमित पुष्टि भएको थियो । उनी आफैले कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए । नरेन्द्र महर्जन (निर्माता) ः नेपाली फिल्मका निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन यही वैशाखमा कोरोना सङ्क्रमित भएका थिए । उपचारका लागि अस्पताल भर्ना भएका उनी ठीक भएर घर फर्किसकेका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका हुन् । प्रकाश सपूत (गायक) ः प्रकाश सपूतमा गत १७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । प्रकाश आफैले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनी अहिले होम आइसोलेसनमा छन् । शिल्पा मास्के (अभिनेत्री) ः अभिनेत्री शिल्पा मास्केसमेत कोरोना सङ्क्रमित भएकी छन् । उनले केही समयअगाडि सामाजिक सञ्जालबाट आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा विगत ६ दिनदेखि आइसोलेसनमा रहेको कुरा उल्लेख गरेकी थिइन् ।
पहिलो लहरमा सङ्क्रमित हुनेहरु हरिवंश आचार्य, अशोक शर्मा (निर्मार्ता निर्देशक), मनोज गजुरेल (हास्यकलाकार),विजय लामा (कलाकार तथा पाइलट), ऋचा शर्मा (अभिनेत्री), बाबु बलामी, रजिना रिमाल (गायिका), टङ्क बुढाथोकी, सञ्जय श्रेष्ठ (गायक), लोचन रिजाल, दीपक ढकाल (अभिनेता), प्रेमराजा महत (लोकगायक), प्रकाश शाह, निर्मल शर्मा (कलाकार), सुवास कार्की (बेलासे), देवीराम पराजुली (भोक लाग्यो) र अशोक धिताल रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *