कोरोनाको जोखिममा पनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान

काठमाडौं, २९ वैशाख । बिश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न÷गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज २०७८ बैशाख २९ गते बुधबारका दिन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता र काठमाण्डौ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर,महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको बिशेष उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिद्वारा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
“पीडितलाई राहत स्वरूप रक्तदान गर÷गराउँन गरिएको आह्वानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ÷संस्थाहरूको प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला“ आयोजक २० वडा नगर समितिका अध्यक्ष राम रञ्जतले बताउनु भयो ।
प्रमुख आतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर,योग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक
,मास्क,पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गर्नुभएको थियोे ।बिहान ८ः३० देखि १० बजेसम्म सञ्चालित सो आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २८ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियोे । कार्यक्रमको संयोजन एवं सञ्चालन २० वडा नगर समितिका सचिव राजेश मानन्धरले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *