नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाद्वारा अन्तरक्रिया कार्यक्रम

गाेरखा, २९ फागुन । बिश्व रक्तदाता दिवस जून १४ काे पूर्व-सन्ध्यामा नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाद्वारा गाेरखा बजारमा जनचेतनामूलक एक अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरियाे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं  स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा ” बिश्व रक्तदाता दिवस एक बिबेचना” शिर्षक अन्तर्गत स्थानीय स्तरमा आयेजित उक्त कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाका उपाध्यक्ष सुरेन लामिछाने(अमृत)ले गर्नुभएको थियो ।
बिभिन्न संघसंस्थाका प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरूकाे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रमले गाेरखा जिल्ला भित्र रगत र रगतबाट तयार पारिने रक्त-तत्वहरूकाे बारेमा थप जानकारी र यस नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आगामी दिनमा समयसापेक्ष सम्बन्धित निकायसंग समन्वय गरि जनचेतना जगाउने कार्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला सक्रिय रहने र गत दुई वर्षदेखि रक्त सञ्चार सेवा सञ्चालनकाे निमित्त दातृ राष्ट्रले अनुदान स्वरूप उपलब्ध गरिएकाे अावश्यक प्रविधिहरू सञ्चालनमा ल्याउन नसकि थन्किएर रहेकाेलाई समेत सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग अावश्यक पहलकदमी गर्ने कुरा प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताउनु भयाे ।
साे अन्तरक्रिया कार्यक्रममा सहभागीहरू मध्येबाट १४ जना स्वयंसेवी रक्तदाताहरूले नेपाल स्वयंसेवी रक्तदाता समाजकाे आजीवन सदस्यता प्राप्तिका लागि स्थलगत निबेदन समेत पेश गरेका थिए ।
कार्यक्रमका सभापति नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाका उपाध्यक्ष सुरेन लामिछाने (अमृत)ले अागामी १८अाैं बिश्व रक्तदाता दिवसका दिन गाेरखा जिल्लामा एक रक्तदान कार्यक्रमकाे आयोजना गरिने कुरा पनि बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *