चैत २७ गतेबाट प्रदर्शनमा आउने लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक


काठमाण्डौ, २९ फागुन । चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ । मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको हो । बिहीवार महाशिवरात्रीको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको षड्यन्त्र र संघर्ष देखाइएको छ । प्रोडक्सन भ्यालु निकै उच्च ट्रेलर स्टाइलिस र स्टान्डर्ड छ ।
सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीको वरिपरी फिल्मको मुल कथा घुमेको ट्रेलरले प्रस्ट्याउँछ । सौगात, अर्पण र अनुप भिन्न गेटअपमा देखिएका छन् । अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । फिल्मको पटकथा तथा संवादलाई निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सौगात मल्लले फिल्म स्तरीय र उत्कृष्ट बनेको दाबी गरे । त्यस्तै, अनुपविक्रम शाहीले यस प्रकारको फिल्ममा नेपालमा बन्नु पर्ने बताए ।
यसैगरी, दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ । बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीले क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरे । मुहूर्तसँगै फिल्मको जम्बो टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । फिल्मको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य त्यही खिचिनेछ ।
अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री रेनु योगीको जोडी बाँधिएको फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा फिल्मले वाचन गर्नेछ । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा महेन्द्र अधिकारीको एकल लगानी रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । कलाकार अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *